Logo

अमेरिकी ब्रान्डको सेगवे ई–१०० स्कुटर नेपालमा

अमेरिकी ब्राण्ड सेगवेले नेपालमा ई श्रेणीको स्कुटर नेपालमा सार्वजनिक गरेको छ । दरबारमार्गको राइजिङ मलमा सेगवे नाइटबोटले ई–१०० स्कुटर सार्वजनिक गरेको हो ।
अमेरिकी ब्रान्ड सेगवे दुईपांग्रे सेल्फ ब्यालेन्सिङ सवारी र इलेक्ट्रिक सवारीहरुको उत्पादन गर्दै आएको छ । सेगवे नाइनबोटको नेपालको आधिकारिक बिक्रेता आई हब प्रालि रहेको छ ।
सुरक्षाको लागि थुप्रै फिचर्स रहेको सेगवे ई–१०० चालक नबसेसम्म स्टार्ट हुँदैन र स्कुटरको स्ट्यान्ड नउठाउँदासम्म चल्दैन ।
स्कुटरमा कि–लेस सिस्टम रहेको छ । साँचोसँगै यसमा रिमोट कन्ट्रोल सिस्टम पनि छ । यसका दुईवटा बटन छन् । एउटाले स्कुटरलार्य अन र अफ मोडमा राख्छ र अर्कोले स्कुटरलाई लक गर्न मद्दत गर्छ । अर्को स्कुटरमा रहेको २२ लिटर क्षमताको सिट कास्कले पूर्ण साइजको हेलमेट अथवा १३ इन्चको ल्यापटप अट्ने ब्याग अथवा सोही भोल्युमको वस्तुहरु राख्ने ठाउँ उपलब्ध हुने कम्पनीले जनाएको छ ।
स्कुटरको मूल्य २ लाख ९१ हजार रुपैयाँ तोकिएको छ । आई हब प्रालिका निर्देशक लोकेश ओलीले स्वच्छ र सुरक्षित पर्यावरण प्रवद्र्धन गर्न सेगवेलाई विद्युतीय सवारीसाधन भित्र्याएको बताए । हाल ई १०० सार्वजनिक गरे पनि अन्य मोडल विस्तारै सार्वजनिक गर्दै जाने कम्पनीले जनाएको छ
स्कुटर ४ वटा रंगमा उपलब्ध छ । जसमा कालो, सेतो, नीलो र रातोमा उपलब्ध छन् । स्कुटरको साइज १७ सय ५५ एमएम लम्बाइ, ६७५ चौडाई र ११ सय ३५ एमएम उचाइ छ । स्कुटरको तौल ८० किलो रहेको कम्पनीले उल्लेख गरेको छ । स्कुटरले १५० केजीसम्म बोक्नसक्छ । स्कुटरको ह्वीलबेस १२ सय ३५ एमएम, ग्राउन्ड किलियरेन्स १३० एमएम रहेको छ । अधिकतम पावर २४ सय वाट रहेकोमा टर्क १५० एनएम रहेको छ ।
स्कुटरमा मोबाइल चाजिङ स्लट, ३ वटा ड्राइभिङ मोड, लिथियम आयान ब्याट्रि रहेको छ । नर्मल चार्जबाट फुलचार्ज हुन करिब ७ घण्टा लाग्छ । डिअल ब्याट्रि मोडमा एकपटकको चार्जमा २०० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्