रोजगारीको प्रलोभन देखाएर ठगि बढ्यो : मन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरुलाई कानून बमोजिम कारबाही गर्ने बताएका छन् ।
मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरुलाई कानून बमोजिम कारबाही गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर दलालहरुले विभिन्न देशमा पु¥याएर नेपाली युवालाई अलपत्र पार्ने क्रम बढेको भन्दै त्यसतर्फ सचेत रहन पनि आग्रह गरे ।
मन्त्री श्रेष्ठले ठगीमा परेका नागरिकले आफ्ना गुनासोहरु सिधै मन्त्रालयको सचिवालयमा फोन गरेर टिपाउन पनि आग्रह गरे । उनले दलारुबाट ठगिने क्रमलाई रोक्न मन्त्रालयले विभिन्न समयमा छड्के, अनुगमन, नयाँ–नयाँ गन्तव्यहरुको खोजी, श्रम सम्झौता र विभिन्न देशका कुटनीतिक नियोगहरुसँगको भेटघाटको क्रमलाई तीव्रता दिएको उनले बताए ।
“हामीले विभिन्न छड्के अनुगमनदेखि लिएर विभिन्न नयाँ नयाँ गन्तव्यहरुको खोजि कार्यदेखि लिएर, श्रम सम्झौता गर्नेदेखि लिएर विभिन्न देशका कुटनीतिक नियोगदेखि सबैसँग भेटघाटको क्रमलाई तीव्र बनाएका छौं” उनले भने, “यसै सिलसिलामा केही दिनदेखि यूएईमा अलपत्र परेका कामदारहरुको विषयमा पनि सरकारको तर्फबाट गम्भीर ध्यानाकर्षण भएको छ ।”
मन्त्री श्रेष्ठले दलालहरुले नेपाल सरकारले प्रतिबन्ध गरेका देशमा आकर्षक रोजगारी लगाइदिने भन्दै प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगिरहेको भन्दै त्यसतर्फ सचेत भई यस्ता काम हुन नदिन मन्त्रालयमा सम्पर्क गरेर सहयोग गर्न पनि आग्रह गरे ।
“पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा यूएई पु¥याइ दलालले अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अफ्ठ्यारोमा परेको दिनहुँ कयाँै गुनासो आउने गरेको छ” उनले भने, “नेपाली युवाहरु रोजगारी पाउने आशामा दलाललाई लाखौं रकम तिरेर भिजिट भिसामा जानेहरु ठगीमा पर्ने, अलपत्र पर्ने तथा नेपाल सरकारले रोजगारीका लागि प्रतिवन्ध लगाएका मुलुकहरुमा लैजाने तथा मानव तस्कहरुको सञ्जालमा समेत पर्ने देखिएको छ ।”
मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा जानेहरुले प्रचलित कानून बमोजिम श्रम स्वीकृति लिएर मात्र जान पनि आग्रह गरे ।