वर्षमान पुन उपचार गरेर फर्किए «

वर्षमान पुन उपचार गरेर फर्किए

नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले पार्टीमा महासचिवका लागि आफ्नो दावेदारी रहने बताएका छन् ।
चीनमा उपचार गरी सोमबार साँझ काठमाडौं ओर्लिएका नेता पुनले विगतमा सचिव भएर काम गरेकोले अहिले महासचिवको स्वाभाविक दाबेदार भएको बताए । आफ्नो दाबेदारी प्रस्तुत गर्दा पार्टी भित्रको सहमतिलाई पनि स्वीकार गर्ने नेता पुनले बताए ।
नेता पुनले भने, ‘पार्टीमा मैले महासचिवमा दाबी गरेको हुँ । विगतमा पनि सचिव भएर काम गरेको थिएँ । त्यसकारण महासचिवमा मेरो दाबेदारी स्वाभाविक हो ।’
यस्तै नेता पुनले पार्टीको सबै तहमा समझदारीबाटै नेतृत्व चयन भएर आएको अवस्थाले आन्तरिक एकता र समझदारीमा पाएको जिम्मेवारी आफूले स्वीकार गर्ने पनि बताए । 
नेता पुनले भने, ‘छलफल हुँदै गर्दा कहाँनेर फिट हुने भन्ने कुरा समझदारीबाट गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।’
झन्डै ४ महिना लामो उपचार सकेर नेता पुन सोमबार साँझ  नेपाल फर्किनुभएको हो । क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ बंगाणुगत जण्डिस रोगबाट ग्रसित नेता पुन उपचारको लागि गत असोज १३ गते थाइल्यान्डको बैंकक गएका थिए । बैंकक पछि थप उपचारका लागि चीनको सेन्जेनमा रहेको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लागिएको थियो ।

प्रतिक्रिया दिनुहोस्