सुनसरीमा नागरिकता लाइसेन्सभन्दा पनि अनिवार्य ‘खोप कार्ड’बोक्नुपर्ने आदेश जारी «

सुनसरीमा नागरिकता लाइसेन्सभन्दा पनि अनिवार्य ‘खोप कार्ड’बोक्नुपर्ने आदेश जारी

खोप प्राप्त गरिसकेका व्यक्तिहरूको अभिलेख राख्न र खोप लगाउन बाँकी रहेकाहरूलाई खोपका लागि अभिप्रेरित गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय सुनसरीले माघ ४ गतेदेखि सर्वसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेको छ ।
सुनसरीमा हाल ६६ प्रतिशतले मात्रखोप लगाएकाले बाँकी ३४ प्रतिशतलाई खोपका लागि अभिपे्ररित गर्नका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुखजिल्ला अधिकारी इन्द्रदेव यादवले माघ ४ गतेदेखि अर्को आदेश नभएसम्मका लागि अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेका हुन् ।
विशेषतः सार्वजनिक निकायहरूमा सेवाग्राहीहरूले अनिवार्य रुपमा खोप लगाएको प्रमाण देखाउने (खोप कार्डको मोबाइलमा फोटो भएपनिहुने) व्यवस्था अनिवार्य रुपमा लागू गर्न निर्देश दिएको छ । खोप लगाएक ाव्यक्तिहरू कम जोखिमपूर्ण हुने मान्यताअनुसार खोप कार्डलाई आधारको रुपमा लिइएको पनि यादवले बताए ।
जहाँसम्म खोप कार्डको विषय छ यो खोप कार्डलाई खोपप्राप्त गरिसकेकाव् यक्तिहरू पनि अभिलेखीकृत हुने र खोप प्राप्तगर्न बाँकी व्यक्तिहरू पनिखोप लगाउनलाई उत्प्रेरित गर्ने हिसाबले खोप कार्ड अनिवार्य गरिएको छ र यो खोप कार्डको माध्यमबाट व्यक्तिको जोखिमलाई मध्यनजर गर्दै खोप लगाइसकेका व्यक्तिहरू जोखिमको हिसाबले कम जोखिमपूर्ण हुने भन्ने मान्यताअनुसार खोप कार्डलाई एउटा आधारको रुपमा लिइएको छ । प्रशासनले १२ बुँदे आदेशसमेत जारी गरेको छ । आदेशमा मास्कको अनिवार्य प्रयोग, भौतिक दूरी कायमलाई प्राथमिकता दिइएको छ । आदेशमा सिनेमाहल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, फुटसल, पटके हाटबजार, ब्युटिपार्लरलगायत माघ १५ गतेसम्म सञ्चालन नगर्ने जनाइएको छ ।
यस्तै, माघ मसान्तसम्म आमसभा, भेलागर्न नपाइने, मठमन्दिर, मस्जित, गुम्बा, चर्चलगायतका काम नगर्न भनिएको छ । आदेशमा सपिङ मल, डिपार्टमेन्ट स्टोर पटकमा २५ जनाभन्दा बढी हुन नहुने समेत जनाइएको छ ।
बुधबार सुनसरीका सबै स्थानीय तहका प्रशाकीय अधिकृतहरू, सुरक्षा निकायका प्रमुखर स्वास्थ्य विज्ञ र राजनीतिकर्मीहरूको उपस्थितिमा कोभिड व्यवस्थापन थप प्रभावकारी बनाउ सबै सक्रिय भएर लाग्ने निर्णय समेत भएको थियो । यस्तै, सुनसरीमा सुनसरीको २९ हजार ३ सय ३७ मध्ये ५ सय ५२ जनाले कोभिडका कारण ज्यान गुमाएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । १ सय जना संक्रमितमध्ये २ जनाको मृत्यु भएको स्वास्थ्यकार्यालयले जनाएको छ । सबैभन्दा बढी सक्रमित रहेको धरान उपमहानगरपालिका हो भने बराहनगरपालिका भोक्राहा गाउँपालिकामा प्रतिशतको हिसाबले कोभिड बढी भइरहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । कोभिडलाई सुरक्षाभन्दा पनि स्वास्थ्यमा जोेडेर सचेत र सर्तक हुन जिल्ला प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्