भारतको ७३औं गणतन्त्र दिवस मनाइयो «

भारतको ७३औं गणतन्त्र दिवस मनाइयो

काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७३औं गणतन्त्र दिवस मनाइएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै कार्यक्रमको शुभारम्भ भएको थियो । कार्यक्रममा राजदूत विनय मोहन क्वात्राले भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए । भारतीय राजदूत क्वात्राले वीर नारी र मृतक सैनिकका निकटतम नातेदारलाई नगद तथा कम्बल वितरण गरी सम्मान गरेका थिए ।
मानवीय प्रयासका सबै क्षेत्रमा भारतीयले हासिल गरेका उल्लेखनीय उपलब्धि र भारत स्वतन्त्रताको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेकोे ‘आजादीका अमृत महोत्सव’ पहल कदमीकै एक हिस्साको रूपमा यो कार्यक्रमको आयोजना गरिएको हो । आजादीका अमृत महोत्सवअन्तर्गत वर्षभरि र सन् २०२३ को अगस्ट महिनासम्म कार्यक्रमको आयोजना गरिनेछ । नेपालका प्रदेश तथा जिल्लामा भारतको सहायोगमा कार्यान्वयन भएका ७५ वटा विकास परियोजना यसै वर्ष उद्घाटन गर्ने योजना छ । नेपालका विभिन्न संस्था तथा स्थानीय निकायलाई दूतावासले ७५ वटा एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान गर्नेछ ।

धरानमा पनि मनाइयो गणतन्त्र दिवस
७३औं गणतन्त्र दिवसको अवसरमा भारतीय राजदूतावासको रक्षा प्रभागले ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत धरानस्थित पेन्सन वितरण कार्यालयले भारतीय सेना तथा आसाम राइफल्सका भूपू सैनिकका लागि मोबिलिटी एड डिस्ट्रिब्युसन क्याम्पको आयोजना गरेको छ । यो शिविर भारतीय सेनाका भूपू सैनिकको कल्याणका लागि प्रभागले चालेको प्रयास भएको जनाएको छ ।
यस शिविरमा ३२ जना भूपू तथा उनीहरूका परिवारका सदस्यलाई ह्वीलचेयर तथा वैसाखी प्रदान गरिएको थियो । उमेरसम्बन्धी अशक्तता÷दुर्बलता र अन्य स्वास्थ्य समस्याबाट पीडित भूपू सैनिक तथा उनका परिवारका सदस्यलाई पेन्सन डक्युमेन्टेसन क्याम्प तथा ¥यालीमार्फत पहिचान गरिएको थियो । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्थोपेडिक्स विभागले स्वास्थ्य परीक्षणमा सहयोग पु¥याएको थियो ।

प्रतिक्रिया दिनुहोस्