सरकारप्रति जनता खुसी छैनन्ः प्रदेशसभा सदस्य दवाडी «

सरकारप्रति जनता खुसी छैनन्ः प्रदेशसभा सदस्य दवाडी

गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले सरकारका काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरे ।
सत्तारुढ दल नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका प्रवक्तासमेत रहेका दवाडीले सरकारका कामकारबाही सन्तोषजनक नभएको बताएका हुन् । मंगलबार गोरखामा पत्रकार सम्मेलन गरी उनले सरकार सक्षम हुँदाहुँदै पनि अहिले भइरहेका काममा सन्तुष्ट भएर बस्न सकिने अवस्था नरहेको बताए । दवाडीले देशको अवस्था कोरोना महामारीका कारण नाजुक रहेपनि सरकारले कोभिडबिरुद्धको खोप बाहेकका क्षेत्रमा काम अघि बढाउन नसकेको बताए ।
प्रदेशसभा सदस्य दवाडीले भने, ‘सरकारले गरेका कामहरू पनि छन् तर यतिले मात्रै पुगेन । सक्षम हुँदाहुँदै पनि अहिलेको देशको दर्दनाक अवस्थाले गर्दा हो । देशमा अहिले के अवस्था छ ? अहिले मात्र सरकारको धारणा खोप कसरी जनतालाई पु¥याउने ? खोपले जनताको आत्मसन्तोष बनाउने काम मात्रै एउटा सोच हो जस्तो मलाई लाग्छ । पहिलेको सरकारले अघि बढाएको थियो, तर अहिलेको सरकारले काम सुरु गरेको छ । सरकारले गरेको गतिविधिमा टोटल्ली जनता खुसी छैनन् तर सुुरुवात भएको छ ।’
प्रदेशसभा सदस्य दवाडीले गरिरहेका काममा जनता पूर्णरुपमा खुशी नरहे पनि सरकारले विकासका कामहरूलाई अघि बढाइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्