माग अनुसारको आपूर्ति गरिरहेका छौं

सुभास लामिछाने, महाप्रबन्धक, द नेपाल डिस्टीलरिज
६२ वर्ष पूरा भएको नेपाली ब्रान्ड ‘खुकुरी रम’ नेपालमा मात्र नभएर विदेशमा समेत मदिरा पारखीको रोजाइमा पर्ने गरेको छ । २६ कात्तिकबाट खुकुरी रमको नयाँ प्याक बजारमा ल्याएको छ । ‘द नेपाल डिस्टिलरिज प्रालि’ ले २० वर्षदेखि प्रयोगमा ल्याएको प्याकलाई परिवर्तन गरेर नयाँ स्वरुपमा आएको छ । खुकुरी रमले हालै सार्वजनिक गरेको नयाँ प्याकेजिङको आकर्षक स्वरुपले रमका पारखीको ध्यान तान्न थालेको कम्पनीले जनाएको छ । नयाँ प्याकेजिङमा नेपालको मौलिकताबाट प्रेरित भएर केही नवीन र पृथक विशेषता थपिएको पनि कम्पनीको दावी छ । खुकुरी रमको प्याक परिवर्तनपछिको कम्पनीले प्राप्त गरेको प्रतिकृया, नेपाली बजारमा अल्कोहलको चुनौतीलगायतमा केन्द्रीत भएर द नेपाल डिस्टीलरिजका महाप्रबन्धक लामिछानेसँग कारोबारले गरेको कुराकानीको सारः
नेपाली अल्कोहल बजारको अवस्था कस्तो छ ?
अल्कोहलको नेपाली बजार वर्गीकृत रहेको छ । २५ देखि ३० यूपीलाई एक किसिमले वर्गीकरण गरिएको छ । ४० यूपी, ५० यूपी र ७० यूपि हुन्छ सबैको आफ्नो हिसाबले हेरिन्छ । हामीले अपग्रेट गरेको ब्रान्ड भनेको २५ देखि ३० यूपीको हो । यो नै हाम्रो मेजर बजारको हिस्सा हाम्रो हो । कोभिडले गर्दा बजार अलिक सुस्त रहेको छ । गत वर्षको तथ्यांक हेर्ने हो भने राम्रै भयो हाम्रो बजार पनि अहिले राम्रै अवस्थामा छ । धेरै समय काममा परेको छ ।
विदेशी ब्रान्डललाई नेपाली प्रडक्टले प्रस्थिापन गरेको हो ?
नेपाली ब्रान्डले ह्वीस्कीमा प्रतिस्थापन गरिनै रहेको छ । अन्य ब्रान्डलाई पनि गरेको छ । हाम्रो रम त नेपाली ब्रान्डमा राम्रो नै रहेको छ, रममा खासै विदेशी ब्रान्ड छैन । पहिला देखिनै रम खानेले खुकुरी ब्रान्ड नै खोज्ने चलन छ । रममा खासै विदेशी ब्रान्ड नआएकाले समस्या छैन । स्वदेशी अल्कोहल कम्पनीले राम्रो गरिनै रहेको छ । ह्वीस्कीको केशमा त विदेशी ब्रान्ड खाने मध्येमा पारखीलाई स्वदेशी ब्रान्डमा आर्कषत गर्न सफल भएको छ । सरकारले प्रत्येक वर्ष अन्तःशुल्कमा वृद्धि गरेको छ । गत वर्ष २० प्रतिशतले वृद्धि भयो । यसरी छिमेकी मुलुकमा र हाम्रो हेर्नु हुन्छ भने धेरै ठूलो फरक छ । यसले गर्दा बोर्डरबाट चोरी पैठारीको ठूलो समस्या छ । सरकारले यसको नियन्त्रणमा काम गरिरहेको भए पनि ठप्प भने भएको छैन । सरकारले प्रत्येक वर्ष अन्तशुल्क वृद्धि गर्दा अल्कोहलको मूल्य बढ्ने गरेको छ । यसले बजारमा असर गर्दछ ।
कच्चा पदार्थ कसरी व्यवस्थापन गर्नुभएको छ ?
मापदण्ड पूरा भएको अवस्थामा हामी स्वदेशी नै प्रयोग गर्दै आएका छौं । रमको केशमा भने हाम्रो स्ट्रिन्जेन्थ अलि कडा छ । मापदण्ड र हाम्रो बनाउने प्रकृया अलि कडा रहेको छ । स्वदेशीले पनि केही मापदण्ड पूरा गरिरहेको छ । हामी दुवै प्रयोग गर्दै आएका छौं र २०० सयलाई रोजगारी पनि दिएका छौं ।
६२ वर्षदेखि रम मात्र उत्पादन गर्दै आएको कम्पनीले नयाँ उत्पादन बारे पनि सोचेको छ ?
कम्पनीले रमको माध्यमबाट विगत ६२ वर्षदेखि व्यापार गर्दै आएको छ । ३ देखि ५ महिनाको लागि रमले बजारमा स्थापित व्यापार गरिरहेकै छ । गर्मी बजारलाई लक्षित गरी नयाँ उत्पादन गर्ने कुनै योजना छैन । नयाँ उत्पादन ल्याउने योजना भने रहेको छ । कम्पनीले नयाँ प्रडक्ट ल्याउन अनुसन्धान गरीरहेको छ ।
कुन क्षेत्रमा र कुन उमेर समूहले बढी रम खाने गरेका छन् ?
रम सबै उमेरका समूहले खाने गरेका छन् । २१ वर्षदेखि माथिकाले रम खाने गरेको बढि देखिन्छ । यो सबैको क्रयशक्तिमा भर पर्ने भएकाले सबैको पहुँचमा रहेको छ । मुलुकका सबै क्षेत्रमा रमको खपत भइरहेको छ । जनसंख्याको चाप धेरै भएका सहरहरुमा खपत धेरै हुन्छ । बजार रमको ब्रान्डमा खुकुरी रमकोे एकाधिकार कायम गर्न सकेका छौं । जुन हामीले हाम्रो प्रडक्टमा दिएको गुणस्तरले नै हो ।
खुकुरी रम कहाँ कहाँ निर्यात भएको छ ?
हामीले १३ देशमा निर्यात गर्दै आएका छौं । जापान, युरोपका मुलुक, हङकङ, बेलायत, दक्षिण कोरिया, अमेरिकालगायतका देशमा निर्यात हुँदै आएको छ । पहिलो प्राथमिकता भनेको स्वदेशी बजार नै हो । त्यसपछि मात्र विदेशमा निर्यात गर्ने गरेका छौं । माग अनुसारको आपूर्ति गरिरहेका छौं । निर्यातको हकमा भने माग अनुसारको आपूर्ति गर्न सकेका छैनौं । स्वदेशी बजारको माग सम्बोधन पछि मात्र बाह्य देशमा आपूर्ति गर्ने गरेका छौं ।
नर्मल रमको नयाँ प्याकेजिङ देखियो तर नेपालमा चलेको खुकुरी स्पाइस रमको प्याकेजिङको भने नयाँ आएन नी ?
स्पाइस रमको प्याकेजिङ पनि परिवर्तन भयो । खुकुरी स्पाइस रम (अतिरिक्त मसला) र खुकुरी ट्रिपल एक्स रमको विशेषता दुवै भिन्ना भिन्नै रहेको छ । यसका लागि पनि काम भइरहेको छ । खुकुरी ट्रिपल एक्स रम, खुकुरी स्पाइस रम र खुकुरी कोरेनेशन रम (स्व राजा वीरेन्द्रको राज्यभिसेकको अवसरका बनाइएको रम) यो नेपाली खुकुरीकै आकारका प्याकेजिङ भएको छ । नेपालबाट उपहारको रुपमा सबै भन्दा बाहिरिनेले गरेको छ, जुन खुकुरीको आकार हुन्छ ।
नयाँ प्याकमा के फरक छ ?
नयाँ प्याकमा हामी किन आएको भने २० वर्ष भन्दा लामो समयदेखि हामीले प्याक परिवर्तन गरेका थिएनौं । पहिलो प्याकेजिङ मौलिक हुन प¥यो, दोश्रो कुरा मौलिक भएपनि विदेशमा उत्तिकै रुचाउनु प¥यो । पछिल्लो समय हाम्रो प्याकेजिङलाई नयाँ पुस्ताले बढी मन पराएका छन् । सबै क्षेत्रमा नयाँ प्याकेजिङको उत्पादन पु¥याएर उपभोक्तालाई त्यसकारे जानकारी सचेत गराउन चुनौती छ । स्वादमा भने केही परिवर्तन भएको छैन । ६२ वर्ष अगाडि कै स्वादलाई कामय राखेको छ । जाडो समयमा बढी रमको प्रयोग हुने गरेको छ । धेरै मौलिक चिज समावेश गरेका छौं । बोतलमा खुकुरीको बिँड नै समाएको आभास गराउने गरी प्याकेजिङ गरेका छौं । खुकुरीको हाइलाइट गरिएको छ । ब्लेन्डरको हस्ताक्षर समावेश गरिएको छ । यसले आधिकारीक नेपाल प्रडक्ट हो भन्ने सुनिश्चिता गरेको छ ।