कोरोना : हामी आफै डाक्टर नबनौं «

कोरोना : हामी आफै डाक्टर नबनौं

नेपालमा पछिल्लो पटक नोभेल कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहर अर्थात् ‘ओमिक्रोन’ भुइँ तहमा गएर यति चाँडै धेरै मानिसका बीचमा पैmलनुमा अरू धेरै कारण होलान्, तापनि मुख्य कारणचाहिँ नेपालीहरू आमाको कोखमा हुँदा नै डाक्टर भएको हुनाले हो । किनभने सार्वजनिक बसमा हिँड्ने मानसहरू मास्क नलगाई हिँडिरहेकै छन् । उनीहरूलाई मास्क लगाउन अनुरोध गर्दा ‘कोरोना केही होइन, कोरोना केही होइन’ भनिरहेकै छन् । त्यस्तै मुख्य जम्मेवारी रहेको बसका चालक र सहचालक भनिनेहरू स्वयम् पनि मास्क लगाउँदैनन् । लगाएकाहरूले पनि मुख पूरा नछोपेर चिउँडो मात्रै छोप्ने गरी लगाएको देखिन्छ ।
हुन पनि सन् २०१९ को डिसेम्बर अन्तिमदेखि सुरु भएको नोभेल कोरोना भाइरस (कोभिड–१९) ले अन्यत्र चौथो, पाँचौं, छैटौं, … लहर चल्दै गर्दा नेपालमा भर्खर तेस्रो लहरले तीव्र गति लिँदै छ । यो क्रम गत पुसको २५, २६ गतेदेखि सुरु भएर माघको ७, ८, ९ गतेदेखि त चरम (स्वास्थ्य जाँच गरेकामध्ये ५० प्रतिशतभन्दा बढी) सम्म नाघ्दै छ भने यस विषयमा सम्बन्धित विज्ञहरू जस्तै सरुवा (भाइरल) रोग विज्ञ, जनस्वास्थ्य (पब्लिक हेल्थ) विज्ञ, खोप वैज्ञानिक, औषधि (मेडिसिन) वैज्ञानिक, अन्य डाक्टर, नर्स, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक तथा सम्बन्धित विभागका निर्देशक तथा विज्ञ आदि सबैले नोभेल कोरोना भाइरस (कोभिड–१९) को पहिलो, दोस्रो तेस्रो, चौथो, पाँचौं, छैटौं, …, सबै खतरापूर्ण छ, असरदार छ, त्यसैले यसबाट बच्न हामी सबै सचेत हुनुपर्छ, यसबाट बच्ने विभिन्न उपायहरू अपनाउनुपर्छ, आपूm, आफ्नो घर र आफ्नो परिवारलाई सुरक्षित राख्ने प्रयास गर्नुपर्छ, हेलचेत्र्mयाइँ र लापरवाही गर्नु हुँदैन भनिरहेको देखिन्छ ।
तर, हाम्रो देशमा कोरोनाको तेस्रो लहर (ओमिक्रोन) यति छिटो र धेरै संख्यामा तलतल (भुइँ तह) सम्म पैmलनुमा माथि नै मैले एक प्रसंगमा उल्लेख गरेभैmँ आमाको कोखमै डाक्टर भएर आएका हौं भनैभैmँ गर्दा नै हो भनी ठोकुवा गर्न सकिन्छ । किनभने जहिले पनि त्यस्ता डाक्टरहरूले कोरोना केही होइन भनी हल्का रूपमा लिने गर्थे भने मुखमा मास्क नलगाउने, मास्क लगाउनेले पनि चिउँडोमुनि लगाउने गर्थे र उनीहरू अभैm पनि त्यसै गरिरहेका छन् । हाम्रो त्यस्तो व्यवहारले पनि हामी नेपालीमाझ यति छिटै कोरोनाको तेस्रो लहर पैmलिएको हो । अचम्म के छ भने अभैm पनि त्यसरी आमाको कोखमा हुँदै डाक्टर पढेर आएका हौं भनी आपैmंले कोरोना केही होइन भन्दै हल्का रूपमा लिँदै गफ लाउनेहरूले सामान्य चियापसलमा चिया सुर्काइरहेका भेटिन्छन् । धन्य छन्, कोरोनाको महामारीले नेपालमा तेस्रो लहरको रूप लिएर व्यापक रूपमा पैmरिहँदा पनि ‘कोरोना केही होइन’ भन्दै हल्का रूपमा लिने यी डाक्टर तथा मूर्धन्य महानुभावहरू !
मानौं उनीहरू साँच्चै लाखौंलाख (८०÷९० लाखदेखि करोडांैंभन्दा माथि) नगद खर्च गरी पढेर मेडिकल डाक्टर भएका हुन् । त्यसैले मेडिकल विषय पढेको डाक्टरभन्दा कता हो कता जान्नेसुन्ने र बुझ्ने भएका हुन् । हैट…! तर, हामीले साँच्चै मेडिकल विषय पढेर डाक्टर भएकाहरू छन्, जसले लाखौंलाख नगद र आफ्नो अमूल्य समय खर्च गरेर मेडिकल डाक्टर भएका छन्, पढेका छन्, उनीहरूको कुरो गम्भीर भएर सुनेको भए, मनन गरेको भए सम्भवतः पछिल्लो पटक नेपालमा पैmलिरहेको कोरोनाको यो तेस्रो लहर (ओमिक्रोन) समुदायस्तरमा यति चाँडै यति तीव्र गतिमा पैmलने थिएन कि ?
हुन पनि हाम्रो देशमा आमाको कोखमै डाक्टर भएकाहरू धेरै भएकैले गर्दा नै हो, अभैm पनि नेपालका धेरै ठाउँमा ‘तपाईंको मास्क खोइ ?’ भनी अभियान चलाएर दैनिक हजारौं मास्क बाँड्नुपरिरहेको छ । त्यस्तै मास्क नलगाई हिँड्ने ती डाक्टरहरूलाई प्रहरी प्रशासनले सय रुपैयाँ जरिवाना पनि गर्नुपरिरहेको छ । धन्य छन्, ती आमाको कोखमै डाक्टर भएर जन्मेका मनुवाहरू ! तर, अब हामी त्यसरी आमाको कोखमै डाक्टर भएको स्वाङ नपारौं, हामी आपूm पनि ओमिक्रोनबाट बचौं र अरूलाई पनि बचाऔं ।

प्रतिक्रिया दिनुहोस्