समृद्धि फाइनान्सका अध्यक्षको सपथ ग्रहण «

समृद्धि फाइनान्सका अध्यक्षको सपथ ग्रहण

समृद्धि फाइनान्सका नवनियुक्त अध्यक्ष ठाकुरप्रसाद भट्टराईले पद तथा गोपनियताको सपथ लिएका छन् ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले भट्टराईलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएक हुन् । गत पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको थियो ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको फाइनान्सले हाल पाँच वटा शाखामार्फत कारोबार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्