Logo

खल्तीबाट ज्योति लाइफको प्रिमियम भुक्तानी गर्दा नगद छुट

‘खल्ती’ डिजिटल वालेटले ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको बिमा प्रिमियम ‘खल्ती’बाट तिर्दा प्रयोगकर्ताले एक हजार रुपैयाँसम्मको क्यासब्याक पाइने अफर ल्याएको छ ।
साथै ५००० सम्मको खल्ती पोइन्ट्स र पहिलो भुक्तानीमा प्रोमोकोड इन्स्योर १०० प्रयोग गरी सय रुपैयाँको क्यासब्याक पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ । कोरोना महामारीको समयमा डिजिटल भुक्तानीले अर्थ व्यवस्थालाई सहज बनाएको र प्रयोगकर्तालाई भाइरसको सम्पर्कबाट बच्न मद्दत गरेको कम्पनीको दावी छ ।
“प्रविधि र विकासको परिवर्तनसँगै, डिजिटाइजेसनको आवश्यकता द्रूत रूपमा बढिरहेको छ । धेरै बीमा ग्राहकहरूले डिजिटल प्लेटफर्म मार्फत आफ्नो प्रिमियम तिर्न रुचाउँछन्” खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याएका छौं ।”

प्रतिक्रिया दिनुहोस्