महालक्ष्मी विकास बैंकद्वारा सहयोग

महालक्ष्मी विकास बैंकले काठमाडौंको बुद्धनगरस्थित बुद्घनगर आधारभूत विद्यालयलाई स्यानिटरी प्याडसहितको भेन्डिङ मेसिन हस्तान्तरण गरेको छ ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सो मेसिन विद्यालयलाई प्रदान गरेको हो । बैंकले एक शाखा एक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो विद्यालयलाई सहयोग गरेको जनाएको छ । विद्यालयलाई भेन्डर मेसिन हस्तान्तरण गर्दै शखमुल शाखाका शाखा प्रबन्धक पुन्य श्रेष्ठले छात्राहरु महिनावारीको समयमा पनि निर्धक्क रुपले विद्यालय आउन सक्ने वातावरण बनाउन सो सहयोग गरेको बताए ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष श्याम तन्डुकारले बैंकले गरेको सहयोगले छात्राहरुमा विद्यालय आउने थप हौसला मिलेको बताए । आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रम सञ्चालनलाई निरन्तरता दिने बैंकले जनाएको छ ।