विद्यार्थीको सिकाइ सहज बनाउन ‘मिदास इक्लास’ नयाँ रूपमा «

विद्यार्थीको सिकाइ सहज बनाउन ‘मिदास इक्लास’ नयाँ रूपमा

मिदास एजुकेसनले परिमार्जित रूपको ‘मिदास इक्लास’ मोबाइल र वेब एप सञ्चालनमा ल्याएको छ । जसले विद्यार्थीको सिकाइलाई सहज बनाउनुका साथै शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी तुल्याउने विश्वास कम्पनीले लिएको छ ।
नर्सरीदेखि ११ कक्षासम्मका विद्यार्थीहरूलाई स्वाध्यान गर्न र बुझेर पढ्न प्रेरित गर्न ‘मिदास इक्लास’ पाठ्यक्रममा आधारित पाठहरूको एनिमेटेड भिडियो, पावर पोईन्ट प्रिजिन्टेसन, क्वीज तथा गेम र नोट परिमार्जित रूपमा उपलब्ध गराइएको छ ।
विद्यार्थीले मिदास इक्लासमा भएका भिडियोहरु आफूलाई मनलागेको बेला मुभि हेरेजस्तै रमाइरमाइ हेर्दै गाह्रोभन्दा गाह्रा पाठहरु सजिलोसँग बुझ्न सक्छन् । यसमा भएका क्वीज तथा गेमहरू विद्यार्थीहरुले भिडियो गेम खेले जसरी खेल्दै आफ्नो पाठ सिक्न सक्छन्। यसरी गेम खेल्दा सहि जवाफ दिए बापत पोइन्ट र उपहारहरू पनि पाउँछन्, जसले विद्यार्थीलाई स्वाध्यान गर्न र बुझेर पढ्न प्रेरित गर्छ ।
विद्यार्थीहरुले पढ्दा केही जानेनन् भने वा होमेवोर्क गर्दा उत्तर लेख्न आएन भने वा उनीहरूको केही जिज्ञासा भएमा, उनीहरुले जतिबेला पनि मिडस् एक्लस्स्बाट शिक्षकसँग भिडियोमा कुरा वा च्याट गर्दै सिक्न पाउँछन् ।
विद्यार्थीहरुलाई सिकाउन देशभरका सयौं दक्ष शिक्षक हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ९ बजेसम्म भिडियोमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसरी शिक्षकहरू हरेक पल साथमा हुँदा विद्यार्थीलाई पढेको नबुझिएला, होमेवोर्क गर्न नजानिएला वा परीक्षाको तयारी कसरी गर्ने होला भन्ने डर हुँदैन । अहिले कोभिडको कारणले घरमा बसेका विद्यार्थीहरुलाई ‘मिदास इक्लास’ ले पाठ्यक्रममा आधारित विषयहरू पढ्न र अतिरिक्त क्रियाकलाप गर्न झनै सजिलो बनाएको छ ।
मिदास एजुकेसनले ‘मिदास इक्लास’ का सेवाहरू विद्यार्थीले आफूलाई रजिस्टर गरेको पहिलो १५ दिनको लागि निःशुल्क उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्