सिटिजन खबर सार्वजनिक «

सिटिजन खबर सार्वजनिक

सिटिजन लाइफ इन्स्योरेन्सले सिटिजन खबर जर्नलको विमोचन गरेको छ ।
कम्पनीले २ कात्तिकमा चार वर्ष पूरा गरेसँगै सो अवधिसम्म कम्पीले गरेका पलहरुको समीक्षा स्वरुप सिटिजन खबर प्रकाशित गरेको कम्पनीले जनाएको छ ।
बिमाको सचेतना तथा सु–समाचारसहित कम्पनीका बिगतका सम्झनाका साथै यस जर्नलमा कम्पनीका व्यावसायिक उपलब्धिहरु, प्रगति विवरण, विभिन्न क्रियाकलाप तथा सिटिजन लिडर्सहरुको लेख पनि समावेश गरिएको छ ।
कम्पनीका अध्यक्ष प्रदिपजङ्ग पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख सञ्चालन अधिकृत तथा रणनीति प्रमुख दशरथमणी खड्का, नायव महाप्रवन्धक दिपबहादुर बिसी साथै प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमालले सो जर्नल संयुक्त रुपमा विमोचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्