बजाजको सर्भिस सेन्टर कुपण्डोलमा «

बजाजको सर्भिस सेन्टर कुपण्डोलमा

बजाज मोटरसाइकलको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता हंसराज हुलास चन्द कम्पनीले ललितपुरको कुपण्डोलस्थित गुसिङगालमा सुविधासम्पन्न सर्भिस सेन्टर सुरुवात गरेको छ ।
सो सर्भिस सेन्टरमा दक्ष प्राविधिकद्वारा करिब एक घण्टामै सहज रुपमा सर्भिस हुने कम्पनीले जनाएको छ । सर्भिस सेन्टरमा एक दिनमा ८० वटा मोटरसाइकल सर्भिस गर्न सकिने कम्पनीले जनाएको छ ।
सर्भिस सेन्टरमा कम्पनीका आधिकारीक पाटपूर्जासमेत बिक्री तथा उपलब्ध हुने बताइएको छ । ग्राहकको सुविधाका लागि सबै सुविधा एकै छानामुनी उपलब्ध गराइएको कम्पनीले जनाएको छ । ग्राहकले बजाज कम्पनीका मोटरसाइकल अत्यधिक रुचाएकाले आगामी दिनमा अन्य क्षेत्रमा पनि आधुनिक र सुविधासम्पन्न सर्भिस सेन्टर स्थापना गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्