नेपाल बैंकको नाफा करिब डेढ अर्ब «

नेपाल बैंकको नाफा करिब डेढ अर्ब

नेपाल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार बैंकको निक्षेप १ खर्ब ८३ अर्व ३४ करोड पुगेको छ भने कर्जा लगानी १ खर्ब ७२ अर्ब ९१ करोड पुगेको छ ।
२७ वटा वाणिज्य बैंकमध्ये निक्षेप संकलन तथा कर्जा लगानीमा नेपाल बैंकले आक्रामक वृद्घि गरेको छ । निक्षेप संकलनमा १९.७९ प्रतिशत र कर्जा लगानीमा २७.९६ प्रतिशत वृद्घि गर्न सफल भएको बैंकले गत ६ महिनामा निक्षेप संकलन तथा कर्जा विस्तार गर्ने दोस्रो ठूलो बैंक बन्न सफल दावी गरेको छ ।
बैंकले दोस्रो त्रैमाससम्म कुल १ अर्ब ४१ करोड ७० लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ । सो मुनाफा गत आव सोही अवधिकोे भन्दा करिब ५ प्रतिशतले बढि हो । बैंकको खुद् ब्याज आम्दानी १.८० प्रतिशतले बढेको छ भने खुदफितथाकमिशनआम्दानी ३६.३६ प्रतिशतले बढेको छ ।
बैकले खराब कर्जाको अनुपातलाई पनि उल्लेखनिय रुपमा घटाउन सफल भएको बैंकले जनाएको छ । गत आवको दोस्रो त्रैमासम्म कुल कर्जामा खराब कर्जाको अनुपात २.८८ प्रतिशत रहेकोमा यो आवको दोस्रो त्रैमासमा त्यसमा उल्लेखनिय रुपमा कमि आई १.९१ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्