मुक्तिनाथ विकास बैंकको सर्वाधिक ब्याज दिने आकर्षक बचत खाता «

मुक्तिनाथ विकास बैंकको सर्वाधिक ब्याज दिने आकर्षक बचत खाता

मुक्तिनाथ विकास बैंकले मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता सञ्चालनमा ल्याएको छ ।
ग्राहकहरुको हितलाई ध्यानमा राख्दै निक्षेपकर्तालाई लाभदायी बचत खाताहरु मध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने मासिक ब्याजआर्जन हुने बचत खाता सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
ग्राहकले १० हजार रुपैयाँको न्यूनतम मौजदातमै सर्वोत्कृष्ट बचत खाता खोल्न सक्ने बताइएको छ । यस बचत खातामा बैंकले वार्षिक सर्वाधिक ब्याजदर ७ं.३५ प्रतिशतका दरले मासिक ब्याज भुक्तानी गर्ने बताइएको छ । यो योजनाले ग्राहकले ठूलो लाभ लिन सक्ने र बंैकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बताइएको छ । यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकलाई फाइदा पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्