उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह «

उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह

राष्ट्रिय वाणिज्य बैंकले ५७औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले वित्तीय व्यवस्थापन आफैमा चुनौतीपूर्ण भए पनि राष्ट्रिय वाणिज्य बैंकले चुनौतीको सामना गरी व्यावसायिक रुपमा अगाडी बढिरहेको बताए ।
उनले बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी राष्ट्र निर्माणमा थप योगदान गर्नुुपर्ने बताए । मनत्रधी शर्माले बैंकले आगामी दिनमा प्रविधिमार्फत दिइने बैंकिङ सेवाले ग्राहकको आकांक्षा बमोजिम ग्राहकमैत्री सेवाको लागि थप कार्य गर्नुपर्ने बताए । कार्यक्रममा अर्थमन्त्री शर्माले अमेरिकी डलर मोबाइल बैंकिङको डिस्प्ले गरी सेवा शुभारम्भ गरे । उनले यसले इन्टरनेट नभएको स्थानमा पनि वित्तीय पहँुचको विस्तार हुने बताए ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको समग्र स्थितिमा सुधारको लागि विगतमा आफुसमेत सहभागी भई कदमहरु चालिएकोले बैंकका वित्तीय अवस्था र सेवाको गुणस्तरमा सुधारभई उत्पादकत्व बढेको र पुनः आउनसक्ने चुनौतीको सामना गर्न बैंक तयार भइरहनुपर्ने बताए ।
उनले अहिलेको अवस्थामा जोगीएर प्रणालीलाई जोगाउनुपर्ने बताए । उनले बैंक तथा वित्तीय संस्थाले तल्लो वर्गका नागरिकका जीवनस्तर उकास्ने गरी लगानी गर्न आग्रह गरे ।
बैंकले अब सीमित कारोबारका लागि शाखामा जान नपर्ने गरी बैंकको मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकले दुई लाख रुपैयाँसम्मको नगद भुक्तानी लिन सक्ने गरी सबै शाखा कार्यालयको काउण्टरमा स्मार्ट क्युआर टेलर सेवाको शुभारम्भ गरेको छ ।
५७ वर्ष अघि २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पु¥याउने उद्देश्यका साथ स्थापना भएको यो बैंक देशको सातैवटा प्रदेशमा ७७ वटै जिल्लामा पुग्ने पहिलो वाणिज्य बैंक हो । हाल देशभर बैंकका २५८ वटा शाखा कार्यालय, २४५ वटा एटीएम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ स्थानमा शाखारहित बैंकिंग सेवा सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्