यामाहाको वार्षिक मर्मत योजना सार्वजनिक

यामाहा नेपालले ग्राहकलाई निरन्तर सर्भिस लागत घटाउने र सुलभ शुल्कमा सर्भिस दिने अवधारणासहित वार्षिक मर्मत–सम्भार (एएमसी) योजना ल्याएको छ ।
यो योजना खरिदपश्चात् ग्राहकले चारवटा सर्भिस, स्पेयर पार्ट्समा १० प्रतिशत छुट, यामाहा ल्युबमा ७ प्रतिशत छुट प्राप्त हुने कम्पनीले जनाएको छ । यस्तै, सबै प्रकारका लेबर चार्ज, इन्जेक्टर क्लिनिङमा ५०-५० प्रतिशत छुटसहित तीनवटा वासिङ कुपन पनि प्राप्त हुने जनाइएको छ ।