बेलायती संसदमा ब्रेग्जिट दोस्रो पटक खारेज «

बेलायती संसदमा ब्रेग्जिट दोस्रो पटक खारेज

लन्डन-बेलायतको संसदरले ब्रेग्जिटको सम्झौता दोस्रो पटक खारेज गरिदिएको छ । बेलायती संसदको तल्लो सदन ‘हाउउ अफ कमन्स’ले २४२ को बिरुद्धमा ३९१ भोटले यो प्रस्ताव खारेज गरिदिएको हो । यो भन्दा पहिले प्रधानमन्त्री टेरेजा मेले आफ्नो कन्जर्भेटिभ पार्टिका सांसदसँग आफ्नो निजी प्राथमिकतालाई बेवास्ता गरेर सम्झौतामा एकजुट हुनका लागि अपिल गरेकि थिइन् ।
युरोपेली संघसँग छुट्टिनका लागि अब केबल १७ दिन मात्रै बाँकि रहेको छ । यस्तो अवस्थामा जुन किसिमबाट पुनः एक पटक बेलायतको संसदले प्रधानमन्त्री टेरिजा मेको ब्रेग्जिट सम्झौता खारेज गरेको छ, यसले देशमा अनिश्चितताको अवस्था सिर्जना गराएको छ । यो भन्दा पहिले ब्रेग्जिटको विषयमा युरोपेली संघसँग वार्ताका लागि बेलायतको संसदमा टेरिजा मेको प्रस्तावको बिरुद्धमा ३०३ सांसदले मतदान गरेका थिए । समर्थनमा केबल २५८ मत परेको थियो ।
संसदमा हार बेहोरेपछि लेबर ्पार्टिका नेता जेरेमी कोर्बिनले टेरिजाले आफ्नो असफल ब्रेग्जिट नीतिको स्वीकार गर्न आवश्यक भएको बताएका थिए । यदी उनले ब्रेग्जिटको विषयलाई लिएर नयाँ योजनका साथ आउछिन भने यसमा संसदमा बिचार गर्न सकिने उनले बताएका थिए । बेलायत २९ मार्चमा ब्रेग्जिटबाट बाहिर हुनेछ । यो भन्दा पहिले पनि संयुक्त अधिराज्यको संसदमा ब्रेग्जिटको विषयलाई लिएर ऐतिहासिक मतदान भएको थियो ।
२०१६ को २३ जुनमा यूकेमा एक जनमत संग्रह भएको थियो । उक्त जनमत संग्रहमा ५२ प्रतिशतले युरोपेली संघबाट बाहिरिने पक्षमा मतदान गरेका थिए । ४८ प्रतिशतले मात्रै बेलायत युरोपेली संघमा बसिनै रहने पक्षमा मतदान गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्