एशियन लाइफ इन्स्योरेन्सको बिमा योजना सार्वजनिक

एशियन लाइफ इन्स्योरेन्सले बाल भविष्य प्लस जीवन बिमा योजना सार्वजनिक गरेको छ ।
कम्पनी सञ्चालक समितिका अध्यक्ष दिपककुमार श्रेष्ठ, सदस्यहरु निष्ठा प्रधानाङ्ग, सजल मास्के, अच्यूत राज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ, कामु नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईंले संयुक्त रुपमा सो याजना सार्वजनिक गरेका हुन् ।
बिमा समितिले जारी गरेको जीवन बिमालेख निर्देशिका २०७८ अन्तर्गतको प्रावधानलाई समेट्दै एशियन लाइफले नयाँ जीवन बिमा योजना ल्याएको जनाएको छ । यस जीवन बिमा योजनामा बच्चा जन्मेदेखि १७ वर्ष उमेरसम्मको बालबालबालिको ५ देखि २५ वर्ष अवधिसम्मको लागि बिमा गर्न सकिन्छ । यसको न्यूनत्तम बिमांक ५० हजारदेखि अधिकतम बिमांक प्रस्तावकको आर्थिक अवस्थाको आधारमा निर्धारण गर्न सकिने सुविधा रहेको छ कम्पनीले जनाएको छ ।
बिमा अवधिभर बिमित जीवतै रहेमा बिमा अवधिको समाप्तीमा बिमांक र बोनस रकम एकमुष्ठ भुक्तानी गरिनेछ । जोखिम प्रारम्भ हुनु अगावै बिमितको मृत्यु भएमा बिमालेखको शर्तहरुको अधिनमा रही बीमकले प्राप्त गरेको अतिरिक्त बिमाशुल्क बाहेक सम्पूर्ण बिमाशुल्क फिर्ता दिइनेछ । त्यसैगरी जोखिम प्रारम्भ हुनु अगावै प्रस्तावकको मृत्यु भएमा र बिमितको कानूनी संरक्षकले बिमालेख रद्द गर्न लिखित अनुरोध गरेमा बिमकले प्राप्त गरेको सम्पूर्ण बिमाशुल्क फिर्ता दिनेछ ।
जोखिम प्रारम्भ भएपछि बिमा अवधीभित्र बीमितको मृत्यु भएमा बिमालेखको शर्तहरुको अधिनमा रही बिमांकको २५ प्रतिशत रकम तत्काल भुक्तानी गरिनेछ । बिमांकको ७५ प्रतिशत रकम व्याजसहित र मृत्यु हुँदासम्मको आर्जित बोनश एकमुष्ठ रकम बिमा अवधि समाप्ती भएपछि भुक्तानी दिइने कम्पनीले जनाएको छ ।
यस बिमा योजनामा अतिरिक्त बिमाशुल्क वापत बिमा शुल्क छुट सुविधा मासिक आय सुविधा र अग्रिम जोखिम बहन सुविधा समेत रोज्न सकिनेछ । अग्रिम जोखिम बहन सुविधा अन्तर्गत ४ वर्ष भन्दा मुनिका बालबालिकाको जोखिम बहन, बिमा प्रारम्भ मितिले न्यूनतम २ वर्ष पश्चात सुरु गर्न सकिन्छ ।