कामना सेवा विकास बैंकको स्थानान्तरित शाखाको सुरूवात

कामना सेवा विकास बैंकको स्थानान्तरित शाखाको सुरूवात गरेको छ । बैंकको तनँहु जिल्ला शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा रहेको शाखा कार्यालयलाई शुक्लागण्डकी–४ दुलेगौडामा शाखा स्थानान्तरण गरी सेवाको सुरवात गरेको हो ।
यस बैंकका सञ्चालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले तथा बलराम बरालबाट संयुक्त रुपमा यस स्थानान्तरित दुलेगौडा शाखा कार्यालयको उद्घाटन भएको हो ।
सोसियल मिडिया, इन्टरनेट बैकिङ, मोबाइल बैकिङ, एस्एमएस बैकिङ जस्ता विभिन्न डिजिटल माध्यमबाट समेत ग्राहकलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२९ वटा शाखा, १ विस्तारित शाखा, १ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा एटीएममार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।