पुलिसलाई हराउँदै मनाङ आहा रारा गोल्डकपको सेमिफाइनलमा «

पुलिसलाई हराउँदै मनाङ आहा रारा गोल्डकपको सेमिफाइनलमा

पोखरा- नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब २० औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । विभागीय टोली पुलिसलार्ई आइतबार दोस्रो क्वाटरफाइनलमा २–० गोलअन्तरले पराजित गर्दै मनाङले अन्तिम चारमा स्थान बनाएको हो ।
करिब एक महिना अघिमात्र कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत पोखरा रंगशालामा मनाङले पुलिसलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो । खेलको ६४ औं मिनेटमा एनओसी मनाङ मस्र्याङ्दीका फिडफिल्डर रुपेश केसीले गोल गर्दै टिमलाई अग्रता दिलए । बिमल रानाको पासमा डि–बक्सभित्र रहेका रुपेशले उत्कृष्ट गोल गरेका हुन् ।
खेलको ८७ औं मिनेटमा मनाङका अफिज ओलावाले गोल गरी जित सुनिश्चित पारे। मैदानको मध्यभागबाट बल अगाडि बढाउँदै लगेका विदेशी खेलाडी ओलावालेले कीपर संजित श्रेष्ठ बिट भएको अवस्थामा उत्कृष्ट गोल गरे ।
मनाङको तुलनामा पुलिसले खासै मुभ बनाउन सकेन । खेलको ५४ औं मिनेटमा राम बाजीको क्रसमा नीरकुमार राईले हेड गर्नबाट चुके । प्रतियोगितामा ओलावाले नै म्यान अफ दी म्याच घोषित हुँदै नगद ८ हजार पुरस्कार प्राप्त गरे । आहा रारामा पुलिस मनाङले ६६ पटक उपाधि जितेका छन् ।
मनाङ अब त्रिभुवन आर्मी र रुस्लान थ्रि स्टारको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने भएको छ । यसैबिच, सोमबार साविक विजेता संकटा क्लब र लिगको शीर्षस्थानमा रहेको मच्छिन्द्र क्लबबीच खेल हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्