राष्ट्रियसभा निर्वाचनको मौनावधि सुरु «

राष्ट्रियसभा निर्वाचनको मौनावधि सुरु

राष्ट्रियसभा निर्वाचनअन्तर्गत आइतबार राति १२ बजेबाट मौनावधि सुरु भएको छ ।
निर्वाचन आायेगले माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि आइतबार राति १२ बजेबाट मौनावधि सुरु हुने जानकारी गराएको हो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा निर्वाचन आयोगका सहसचिव तथा सहप्रवक्ता कोमलप्रसाद धमलाले मौनावधि एउटा नैतिक बन्धन र कानुनी हतियार भएकाले आयोगले निर्वाचनको आचारसंहीता सार्वजनिक गरेको बताए । उनले यस समयमा निर्वाचनको मतदान हुने तीन सय वरपरको स्थानमा भएका पर्चा, पम्प्लेट र पोस्टरहरू हटाइनु पर्ने बताए ।
सहसचिव धमलाले आजबाट विभिन्न सामाजिक सञ्जालबाट प्रचारप्रसार एवं प्रकाशनका कामहरू गर्न बन्द भएको बताए । उनले राष्ट्रियसभा निर्वाचनको लागि आवश्यक सम्पूर्ण तयारी सकिसकेको बताउनु भयो ।
सहसचिव धमलाले भने, ‘निर्वाचन सञ्चालन गर्न आचारसंहीता भन्ने एउटा नियम हो । यो एउटा नैतिक बन्धन हो र सँगै एउटा कानूनि हतियार पनि हो । कुनै पनि निर्वाचनमा निर्वाचन आचारसंहिता लागू हुन्छ । तथापि अहिलेको राष्ट्रियसभाको निर्वाचन आम मतदाताहरू संलग्न नहुने, सहभागी नहुने र प्रचारप्रसार इत्यादिको हिसावले पनि त्यो पैमानामा नहुने भएकोले आचारसंहिता उल्लंघन भएका घटनाहरू न त उजुरी नै आएका छन् न त आउने परिस्थिति पनि छ जस्तो लाग्दैन । झन अहिले त कोभिडको कारणले गर्दा जमघट, भेला हुने कुरा डिस्करेज हुने भइरहेको छ । तथापि आयोगले निर्वाचन हो, निर्वाचनमा आचारसंहीता लागू गर्नुपर्छ, भन्ने हिसाबले यो आचारसंहीता लागू भएको छ । आज (आईतबार) राती १२ बजेबाट आचारसंहीताको मौन अवधि शुरु हुन्छ । मौन अवधिमा अरु कुराका अतिरिक्त, सबै प्रचारप्रसार कार्यहरू बन्द गर्नुपर्छ । निर्वाचनको मतदान हुने ठाउँको ३ सय मिटर वरिपरि केही पर्चा, पोस्टर, पम्प्लेटहरू त्यस्तो टाँसेका छन् भने हटाउनु पर्छ । त्यो मौन अवधिमा जस्ते एसएमएस गर्ने, फेसबुकबाट, भाइबर, ट्वीटर इत्यादिबाट सोसल मिडियाको प्रयोग गरेर जुन प्रचरप्रसार गर्ने कुराहरू हुन्छन् ती कुराहरू सबै बन्द गर्नुपर्ने हुन्छ । र राजनीतिक दलको, उम्मेदवारको, प्रचारप्रसार गर्ने र खास गरी प्रकाशन गर्ने पेपरहरूले पनि त्यो गर्न मिल्दैन । अरू कुराको अतिरिक्त, अरु गर्नु नहुने कुरा त छँदैछन् । मौनअवधि सुरु भएपछि यी कुराहरू गर्न मिल्दैन । निर्वाचन आयोगले आफ्ना सबै तयारीहरू पूरा गरेको छ । मतपत्रहरू सम्बन्धित निर्वाचन अधिकृतसँग पुगेको छ । कर्मचारीहरू खटिसक्नु भएको छ । कोभिडको संक्रमण बढ्दै गरेको पिक टाइममा निर्वाचन हुँदैछ, त्यसमा उच्च शतर्कता अपनाउनु पर्ने हुन्छ । त्यसरी चुनाव गर्नका लागि आयोगले २१ बुँदे स्वास्थ्यका मापदण्डसम्बन्धी निर्देशनहरू पठाएको छ । त्यसअनुसार अनुशासित र सुव्यवस्थित नमुना योग्य निर्वाचन हुने विश्वास हामीले गरेका छौँ ।’
सहसचिव धमलाले राष्ट्रियसभाको निर्वाचनमा आयोगले निर्देशित गरेका २१ बूँदे स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरिने र निर्वाचन अनुशासित र सुव्यवस्थित ढंगले सम्पन्न हुने बताए ।

प्रतिक्रिया दिनुहोस्