Logo

थप ६ हजार ४६२ मा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप ६ हजार ४ सय ६२ जनामा कोरोना भाइरस कोभिड–१९) संक्रमण थपिएका छन् । पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको आइबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार १६ जनाको मृत्यु भएको थियो भने हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५५ पुगेको छ ।
शनिबार भने १६ जनाको मृत्यु भएको थियो । आइतबार १ हजार ४१६ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा एन्टिजेन (४०६०जना) र पीसीआर(१३३७७ जना) विधिबाट १७ हजार ४ सय ३७ परीक्षण हुँदा ६ हजार ४ सय ६२ जनामा कोरोना पुष्टि भएको आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो । मुलुकभर सक्रिय संक्रमितको संख्या ७७ हजार ४० पुगेको छ भने २४ घण्टामा ४९ हजार ४ सय ७३ ले खोप लगाएका् मन्त्रालयले जनाएको छ । नेपालमा थप २८ जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियण्ट संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमितमध्ये पछिल्लोपटक ३२ जनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन भेरियण्ट, चार जनामा डेल्टा भेरियण्ट पुष्टि भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्