Logo

नबिल बैंकले महिला उद्यमशिलता प्रवद्र्धनमा सहयोग गर्ने

महिलामा उद्यमशिलता प्रवद्र्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उद्देश्यले नबिल बैंक, सीएनआई– वुमन लिडरसिप फोरम र महिला शक्ति विकास केन्द्र नेपालकाबीच त्रिपक्षीय सम्झौता भएको छ ।
सो सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, वुमन लिडरसिप फोरमको तर्फबाट संयोजक छाया शर्मा र महिला शक्ति विकास केन्द्र नेपालको तर्फबाट कार्यकारी निर्देशक कविता गुरुङले हस्ताक्षर गरे ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले महिलाको वास्तविक शक्ति भनेको आर्थिक सशक्तिकरण हो भन्दै महिलाहरुको आर्थिक विकासको लागि यो सम्झौता माध्यम बन्ने आशा व्यक्त गरे ।
हस्ताक्षर कार्यक्रममा भर्चुअल्ली उपस्थित भएका नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष निर्वाण चौधरीले वुमन लिडरसिप फोरमलाई बैंक र महिला शक्ति विकास केन्द्र नेपालको बीच पुलको काम गरेकोमा धन्यबाद ज्ञापन गर्दै यो सम्झौताले महिलाको आर्थिक विकास सँगसँगै देशको दिगो विकासमा ठूलो टेवा पुर्याउने बताए ।
वुमन लिडरसिप फोरम अर्थतन्त्रमा महिलाको भूमिका अभिवृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग परिसंघ (सीएनआई) ले गरेको एउटा पहल हो । यसले देशैभरी महिला सशक्तिकरण र महिला नेतृत्वको विकास सम्बन्धी कामहरु गर्दै आएको छ । नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो ।
बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएका यी कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गर्दै आएको छ । यो सम्झौतामार्फत नबिल बैंकले नबिल दिगो बैंकिङका प्रयासलाई अझ बढी लक्षित वर्गमा पु¥याउन सहयोग गर्ने आशा लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्