नबिल बैंकका अध्यक्ष पौडेलद्वारा शपथ ग्रहण «

नबिल बैंकका अध्यक्ष पौडेलद्वारा शपथ ग्रहण

नबिल बैंकका नवनियुक्त अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
बैंकको सञ्चालक समितिले दोस्रो कार्यकालका लागि नियुक्त गरेका अर्यालले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । शपथ ग्रहण कार्यक्रममा कोभिड महामारीले बैंकिङ क्षेत्रमा पु¥याएको असर तथा समसामयिक विषयमा छलफल भएको थियो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साहले बैंकको पछिल्लो वित्तीय अवस्थाको समेत जानकारी गराएका थिए ।
सन् १९८४ देखि आफ्ना ग्राहकलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकले १३५ शाखा, १८९ एटीएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्टमार्फत सेवा दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्