माई पेबाट हवाई टिकट बुकिङ गर्दा छुट «

माई पेबाट हवाई टिकट बुकिङ गर्दा छुट

माईपे डिजिटल वालेटले आन्तरिक हवाई टिकट बुकिङ सेवा सुरू गरेको छ ।
माई पे वालेटमार्फत आन्तरिक एयरलाइन्सको तीन हजारसम्मको टिकट बुकिङ गर्दा ७ प्रतिशत र सोभन्दा बढीको टिकट बुकिङ गर्दा ५ प्रतिशत क्यासब्यास पाइने भएको छ । यसबाहेक प्रयोगकर्तालाई अधिकतम एक हजार रुपैयाँसम्म क्यासब्याक दिने र दिनमा तीन जनालाई १० प्रतिशत क्यासब्याक दिने कम्पनिले जनाएको छ । यस क्यासब्याक योजना अन्य कुनै पनि माध्यमबाट टिकट बुकिङमा पाइने क्यासब्याक भन्दा धेरै रहेको कम्पनीले दाबी गरेको छ ।
कम्पनीका अनुसार यो योजना सीमित अवधिका लागि लागू हुनेछ । यो सुविधा उपयोग गर्नका लागि माई पे वालेट डाउनलोड गरी कारोबार गर्न सकिनेछ ।
यसका साथै वालेटमार्फत अन्य जुनसुकै पहिलो भुक्तानी कारोबार गर्दा २५ प्रतिशत अथवा अधिकतम एक सय रुपैयाँसम्म क्यासब्याक समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्