महालक्ष्मी विकास बैंकको नाफा ३१.५५ प्रतिशतले वृद्धि «

महालक्ष्मी विकास बैंकको नाफा ३१.५५ प्रतिशतले वृद्धि

महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ३१.५५ प्रतिशतले नाफा बढाएको छ । बैंकले ६ महिनामा ४५ करोड ६२ लाख नाफा गरेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप ४३ अर्ब १ करोड तथा कर्जा ४० अर्ब पुगेको छ । यस आर्थिक वर्ष बैंकले सञ्चालन आम्दानी तर्फ १ अर्ब १० करोड आम्दानी गर्री बैंक अर्बको क्लबमा उक्लिएको छ ।
त्यसैगरि गत आर्थिक वर्षको पुस मसान्तसम्मको खुद सञ्चालन मुनाफा ४१ प्रतिशतले वृद्धि गरी खुद सञ्चालन मुनाफा ६८ करोड आर्जन गरेको छ । समीक्षा अवधिमा बैंकले उल्लेख्य रुपमा खराब कर्जा घटाई गत बर्षको ४.७९ प्रतिशतको खराब कर्जालाई २.८९ प्रतिशतमा झार्न सफल भएको जनाएको छ ।
गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको बैंकले समग्र वित्तीय विवरणमा उल्लेख्य प्रगती गर्दै आगामी वर्ष पनि आकर्षक लांभाश दिनतर्फ उन्मुख रहेको दावी गरेको छ । देशभर १०३ वटा शाखा सञ्जाल रहेको बैंकले ६ लाख ग्राहकलाई वित्तीय सेवा दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्