लिट्मस केबलको पावर पार्टनर्स मिट

लुम्बिनी विद्युत उद्योग प्रालिले बुटवलमा ‘पावर पाटनर्स मिट–२०७८’ सम्पन्न गरेको छ ।
कार्यक्रममा लिट्मस केवलका ब्राण्ड एम्बेसडर नेपाली चलचित्रका अभिनेता राजेश हमाल लगायत रुपन्देही जिल्लाका वरिष्ठ उच्च पदस्थ व्यक्तित्वहरुको पनि सहभागिता रहेको थियो । वर्षौंदेखि लिट्मस केवलले ग्राहकहरुलाई प्रदान गर्दै आएको बिक्री तथा सेवाहरुमा सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहनुका साथै पार्टनरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने सम्मेलनको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कम्पनीले लिट्मस केवल ब्राण्डअन्तर्गत आधुनिक जर्मन प्रविधि एवं अत्याधुनिक पूर्वाधार प्रयोग गरी विभिन्न प्रकारका गुणस्तरीय तार र केबलहरू उत्पादन गर्दै आएको छ ।
कम्पनीलाई नयाँ उचाइमा पु¥याउन पार्टनरहरुको मेहेनत र योगदानलाई सम्मान गर्दै कम्पनीका आगामी रणनीति र भावी योजनाबारे छलफल गरिएको थियो । सो अवसरमा कम्पनीका ब्राण्ड एम्बेसडर राजेश हमालले लुम्बिनी विद्युत उद्योगको पनि भ्रमण गरेका थिए । भ्रमणको दौरान कम्पनीले प्रयोग गर्दै आइरहेको एडभान्स जर्मन टेक्नोलोजी मेसिनबाट उत्पादित सामानहरु अवलोकन गरेका थिए ।
सन् १९७७ मा स्थापित लुम्बिनी विद्युत उद्योग प्रालि नेपालको पहिलो अल्मुनियम कन्डक्टर स्टिल रेनफेसर्स्ड कन्डक्टर निर्माण कम्पनी हो । कम्पनीले हालै नयाँ संरचनाको विकास गरी विभिन्न उत्पादनहरु बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।
विगत चार दशकदेखि विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्दै आएको यस कम्पनीले हालै जर्मन प्रविधियुक्त नयाँ एडभान्स जर्मन टेक्नोलोजी मेसिनहरुबाट आफ्ना उत्पादन गर्दै आइरहेको जनाएको छ । यससँगै कम्पनीले आफ्नो उत्पादन क्षेत्र विस्तार गर्दै नेपालकै अग्रणी एवं ठूलो कम्पनी बन्न सफल भएको दाबी गरेको छ । कम्पनी बुटवल औद्योगिक क्षेत्र, बुटवलमा अवस्थित छ ।