केजी इन्टरकन्टिनेन्टलको विन्टर अफर

केजी इन्टरकन्टिनेन्टल प्रालिले विन्टर अफर ल्याएको जनाएको छ । कम्पनीले नेपाली बजारमा बिक्री वितरण गरिरहेको एसवाईएम मोटरसाइकलमा यो अफर अन्तर्गत विशेष छुट प्रदान हुने बताइएको छ ।
यो अफर देशभरका सबै शोरुममा लागू हुने प्रालिले जनाएको छ । यो अफर माघ अन्तिमसम्म मात्रै लागु हुनेछ । अफर अन्तर्गत एसवाईएमको एनएचटी२०० बाइक खरिद गर्दा ग्राहकले नगद १० हजार रुपैयाँ छुट पाउनेछन् ।
त्यस्तै, कम्पनीले पुरानो मोटरसाइकल तथा स्कुटरको बजार मूल्य भन्दा अतिरिक्त १५ हजार रुपैयाँ थप मूल्यांकन गरिने बताइएको छ । नेपाली बजारमा एसवाईएमको एनएचटी२०० बाइक लोकप्रिय बन्दै गइरहेको र यो अफरले ग्राहकहरु अझै बढी आकर्षित हुने विश्वास लिएको कम्पनीले जनाएको छ ।
यो बाइक १८३ सिसीमा बजारमा उपलब्ध छ । एफआई इन्जिन, लिक्विड कुलिङ इन्जिन, सिट हाइट ८१०एमएम, फ्युल ट्याङक ११ लिटर लगायतका विशेषता यसमा छन् । अत्याधिक पावर १३.५ किलोवाट, ८५०० आरपिएम, अत्याधिक टर्क १५।७ एमएम र ७५०० आरपिएम छ ।
६ वटा गियर स्पिड, डवल च्यानल एबिएस ब्रेकिङ सिस्टम लगायतका विशेषता यो मोटरसाइकलमा रहेका छन् । यो बाइकको मूल्य नेपाली बजारमा ६ लाख २५ हजार रुपैयाँ तोकिएको छ ।