कामना सेवा विकास बैंकको सहयोगमा उद्यमशिलता विकास कार्यक्रम «

कामना सेवा विकास बैंकको सहयोगमा उद्यमशिलता विकास कार्यक्रम

कामना सेवा विकास बैंक तथा अन्तरप्रेरणाको सहकार्यमा उद्यमशिलता विकास र प्रवर्धनको लागि सञ्चालन गरिएको उद्यमशिलता विकास कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा १६ जना विभिन्न क्षेत्रका उद्यमी वा उद्यमी बन्न इच्छुक सहभागी भएको बैंकले जनाएको छ । सहभागीले उद्यम सञ्चालनको प्रकृयासँगै आधारभूत कानुनी तथा कर सम्बन्धी जानकारीहरु प्राप्त गर्र्नुका साथै समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक सञ्जाल मार्फत आफ्नो व्यवसाय प्रवद्र्धन, लेखा सम्बन्धी ज्ञान, आवश्यक योजना तथा बजेट व्यवस्थापन जस्ता व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न आधारभूत कुराहरुको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान र सीप समेत प्राप्त गरेको बैंकले दावी गरेको छ ।
समापन कार्यक्रममा बैंकका अध्यक्ष्य सुदिप आचार्यले यस्ता कार्यक्रमहरुले उद्यमीलाई प्रोत्साहन गर्ने र नेपालमा रहेको असीमित अवसरलाई सही रुपमा पहिचान गरी नवीन सिर्जनामार्फत देशमा आर्थिक स्थिरता, रोजगारी सिर्जना र अन्य विभिन्न लाभहरु प्रदान गर्ने बताए । यसका साथै बैंकले नवउद्यमीलाई हरतरहबाट साथ दिने र उनीहरुको सोच र सिर्जनालाई सधैं प्रोत्साहन गरीरहने आश्वासन दिए ।
कार्यक्रममा अन्तरप्रेरणाका प्रमुख कार्यकारी अधिकृत निरज खनालले सम्पूर्ण सहभागीहरुलाई अन्तरक्रियात्मक सहभागिताको लागि धन्यवाद ज्ञापन गरी आगामी दिनहरुमा सहभागीहरुको सफल उद्यमको लागि शुभकामना दिए । उनले सफल उद्यमको यात्रामा अन्तरप्रेरणाले सधैं आफ्नो तर्फबाट पूर्ण रुपमा साथ दिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्