Logo

डिशहोमका ‘डिलर दाइ’ सम्मानित

डिश होमले आफ्ना ‘डिलर दाइ’ हरूलाई क्षेत्रीय कार्यालयमा सम्मानसहित पुरस्कार वितरण गरेको छ ।
गण्डकीमा डिशहोम, डिशहोम फाइबरनेटको बिक्री र बिक्रीपछि ग्राहकलाई उत्कृष्ट सेवा पु¥याएको भन्दै पोखराका दीप इलेक्ट्रोनिक्स, ओम लामिछाने सप्लायेर्स , स्याङ्जा जिल्लाका रन्जना फेन्सी, लुद्रमान थापा, गोरखाका सरिना इलेक्ट्रोनिक्स, अकला राइस मिल, भट्ट इलेक्ट्रोनिक्स, जनसेवा इलेक्ट्रोनिक्सलाई उपहार स्वरूप एक एक थान ल्यापटप प्रदान गरेको कम्पनीले जनाएको छ ।
डिशहोमले आकर्षक र सहुलियत मूल्यमा विभिन्न प्याकेज ल्याएको पनि जनाएको छ । डिशहोम प्रयोग गरिरहेका ग्राहकलाई १० एमबीपीएस निःशुल्क इन्टरनेट सुविधादेखि ६०० एमबीपीएससम्मको प्याकेज उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्