द ब्रिटिस प्रोफेसनल कलेजकी रिया वल्र्ड टपर «

द ब्रिटिस प्रोफेसनल कलेजकी रिया वल्र्ड टपर

ब्रिटिस एजुकेशन गु्रपको द ब्रिटिस प्रोफेशनल कलेजकी विद्यार्थी रिया मानन्धर एसोसयिसन अफ चार्टड सर्टफिाइड एकाउन्टेन्ट् (एसीसीए) मा वल्र्ड टपर बन्न सफल भएकी छन् ।
१९ वर्षीय मानन्धरले ट्याकसेसन पेपरमा विश्व टप गरेकी हुन् । एसीसीए कार्यक्रम विश्वकै सबैभन्दा ठूलो र सबैभन्दा छिटो बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो ।
विश्वका १७९ देशमा यो वर्ष ५ लाख २७ हजार विद्यार्थी र २ लाख १९ हजार पूर्ण योग्य सदस्य छन् । विश्वभरका लाखौं विद्यार्थीलाई पछि पार्दै उनले ट्याक्सेसन पेपरमा सबैभन्दा बढी ९८ प्रतिशत अंक ल्याउन सफल भएकी हुन् ।
हाल ब्रिटिस प्रोफेसनल कलेजमा एसीसीएमा भर्ना खुलिरहेको छ । ब्रिटिस प्रोफेसनल कलेज ब्रटिस कलेजको सिष्टर संस्था हो । काठमाडौंस्थित द ब्रिटिस कलेजले शैक्षिक सञ्जाल युनाइटेड अबर इमिरेट्सको दुवई र युकेमा समेत गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्