Logo

बैंक अफ काठमाण्डू र लाइफ मेडिप्लस अस्पतालबीच सम्झौता

बैंक अफ काठमाण्डू र मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरबीच सहुलियत दिनेबारे सम्झौता भएको छ ।
बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा ग्राहकले १० प्रतिशतसम्म छुट पाउने भएका छन् । यो सम्झौता पश्चात् ग्राहकले मेडिप्लस अस्पतालका विभिन्न सेवामा १० प्रतिशत छुट पाउने बताइएको छ ।
ग्राहकले उक्त सेवामा छुट उपयोग गर्नको लागि बैंकको मोबाइल बैंकिङ तथा कार्डको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरले कास्की जिल्लाबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आएको छ ।
बैंक अफ काठमाण्डूले ९४ शाखा कार्यालय, ८४ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्