Logo

एपोलो पेन्टसको ब्रान्ड एम्बेस्डरमा हमाल

एपोलो पेन्टस प्रालिले कलाकार राजेश हमाललाई आफ्नो सद्भावना दुत (ब्रान्ड एम्बेस्डर) रूपमा अनुबन्धित गरेको छ ।
कम्पनीका अनुसार ‘एपोलो पेन्टससँग राजेश हमाल, राजेश हमालसँग एपोलो पेन्टस’ भन्ने भावना उत्पन्न गरी उपभोक्तामा अझ बढी लोकप्रिय ब्रान्ड बनाउन हमाललाई ब्रान्ड एम्बेस्डरको रूपमा अनुबन्धित गरिएको कम्पनीले जनाएको छ ।
एपोलो पेन्टसले २०६१ सालदेखि नेपाली उपभोक्ताको माग बमोजिम इनामेल, प्राइमर, सिमेन्ट पेन्टस, अन्तर्राष्ट्रिय गुणस्तरको उच्चकोटीका रड उत्पादन तथा बिक्री गर्दै आएको छ । स्वदेशी पुँजीबाट वस्तुहरू उत्पादन गरी स्वदेशमा नै रोजगारी सृजना गर्ने रहेको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्