Logo

नेशनल माइक्रोफाइनान्सले ४५ प्रतिशत लाभांश दिने

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलँई ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । संस्थाको आठाँैं वार्षिक साधारण सभाले
२०७८ असार मसान्तसम्म कायम रहेको चुक्तापुँजी४१ करोड ९१ लाखको ५ प्रतिशतले हुन आउने नगद लाभांशर ४० प्रतिशतले हुन आउने बोनश गरी ४५ प्रतिशत लाभांश स्वीकृत गरेको छ । बोनश सेयर जारी गरेपश्चात कम्पनीको चुक्ता पुँजी ५८ करोड ६७ लाख पुगेको छ । सभाले संस्थाको हालको अधिकृत पुँजी ५० करोडबाट वृद्धि गरी ७० करोड पु¥याउने विशेष प्रस्ताव पनि पारित गरेको छ ।
संस्थाले हाल ७ प्रदेशका ६४ जिल्लामा रहेका १०० वटा शाखा कार्यालयमार्फत करीव १ लाख ४३ हजारभन्दा बढी ग्राहक सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । संस्थाले हालसम्म १० अर्ब ५३ करोड कर्जा लगानी गरी २ अर्ब ८३ करोड बरावर ग्राहक सदस्यबाट वचत संकलन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्