सिप्रदी र टाटा मोटर्सको चाडपर्व लक्षित योजनाका विजेता घोषणा «

सिप्रदी र टाटा मोटर्सको चाडपर्व लक्षित योजनाका विजेता घोषणा

सिप्रदी ट्रेडिङ र टाटा मोटर्सले दसैं तिहारलाई लक्षित गरी संयुक्त रुपमा सञ्चालन गरेको अभियानका विजेता घोषणा गरिएको छ ।
कम्पनीले चाडपर्व लक्षित गरी ग्राहकहरुका लागि ‘आशा र उमङ्ग बाँडौं, मनाउँ खुशियाली अभियानका विजेता घोषणा गरेको हो ।
देशैभरबाट ग्राहकको उल्लेखनीय सहभागिता रहेको यस योजनामा काठमाडौं र पोखराबाट १४ जना, इटहरीबाट ५ जना, हेटौंडाबाट १४ जना, बुटवलबाट ५ जना र नेपालगन्जबाट ५ जना गरि कुल ४३ ग्राहकलाई लक्की ड्र मार्फत विजेता घोषणा गरिएको हो ।
सो घोषणासँगै विभिन्न विजेताले बम्पर उपहार अन्तर्गतको आकर्षक उपहार प्राप्त गरेको कम्पनीले जनाएको छ । विजेतामध्ये सामसुङ ट्याव एस सेभेन एफ इ ११ जनालाई, एलजी डवल डोर फ्रिज ११ जनालाई, ८ केजी.वासिङ मेसिन ७ जनालाई, सामसुङ ग्यालेक्सी फ्लिपथ्री मोबाइल ७ जनालाई र एम आइ ६५ इन्चको फोर के टिभी ७ जनालाई प्रदान गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्