Logo

प्रोभिडेन्ट मचेन्ट बैंकिङको नाफा ६३ लाख

प्रोभिडेन्ट मचेन्ट बैंकिङले आर्थिक वर्ष २०७७-०७८ मा ६३ लाख ३३ हजार रुपैयाँ मुनाफा गरेको छ ।
कम्पनीको चुक्ता पुँजी ८ करोड रुपैयाँ छ । यस आधारमा कम्पनीले प्रति सेयर आम्दानी ३ रुपैयाँ १७ पैसा गरेको छ । कम्पनीले गत वर्षको आम्दानीलाई जगेडा कोषमा राखेको छ । उक्त कोषबाट आगामी वर्ष बोनस वा डिभिडेन्ट वितरण गरिने कार्यकारी अध्यक्ष तिवारीले जानकारी दिए ।
प्रोभिडेन्टको साधारणसभाले आर्थिक वर्ष २०७७-०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ ।
यसैगरी सभाले गत आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक समेत तोकेको छ । प्रोभिडेन्टले डिम्याट खाता खोल्ने सेवा, पोर्टफोलियो मानेजमेन्ट सेवा, निक्षेप सेवा, सेयर खरिद बिक्री तथा परामर्श सेवा र सेयर बजारसम्बन्धी तालिम सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्