प्रशासन प्रवेशमा खोप कार्ड अनिवार्य «

प्रशासन प्रवेशमा खोप कार्ड अनिवार्य

दैलेख – सार्वजनिक स्थानमा जाँदा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणस्वरुप खोप कार्ड देखाउनुपर्ने अवस्था आएका बेला जिल्ला प्रशासन कार्यालय दैलेखले खोप लगाउने सुविधाको व्यवस्था गरेको छ । सार्वजनिक स्थलमा जादाँ खोप कार्ड अनिर्वाय भनिरहँदा आम नागरिकलाई खोपको पहुँमा पु-याउँदै जिल्ला प्रशासनले प्रशासन हाताभित्र खोप लागउने व्यवस्था मिलाएको हो ।
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको जोखिम वढेसंगै सरकारले सार्वजनिक स्थलमा जादा खोप कार्ड अनिवार्य लागुगरेपछि दैलेखमा पनि खोप कार्ड अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ । कार्यालयमा कुनै कामका लागि आउने सेवाग्रहीले खोप कार्ड अनिवार्य ल्याएर आउने भनिरहँदा अधिकांश सेवाग्राहीले खोप नलगाएकाले उनीहरूलाई तत्काल सेवाका लागि प्रशासनै खोप लगाउने व्यवस्था मिलाइएको प्रशासनको भनाई छ ।
पुस २८ गतेदेखि जिल्ला प्रशासन कार्यालयको प्रतीक्षालयमा स्वासथ्यकर्मी खटाइ खोप लगाउने व्यावस्था गरिएको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखका अनुसार प्रशासनमा आएर ८ दिनमा १३ सयभन्दा बढीले जोनसन नामको खोप लगाइसकेका छन् ।
खोप लगाउन अन्यौलता नहोस् र सेवाग्रहीले सहज रूपमा सेवा पाउन भन्दै जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्ला जनस्वास्थ्य कार्यालय दैलेखसँग समन्वय गरी प्रशासनमै खोप लगाउने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलले बताए । ‘हामीले यहाँ आएका सेवाग्रहीलाई खोप नलगाएको भए तुरुन्त यही खोप लगाउन आग्रह गरी सहज होस् भन्दै खोपको व्यवस्था गरेका हौं’, प्रमुख जिल्ला अधिकारी प्याकुरेलले भने, ‘यसरीनै जिल्लाका अन्य स्थानीय तहका जनप्रतिनिधिहरूले पनि आ–आफ्नो पालिका तथा वडा कार्यलयमा पनि सेवाग्रहीलाई खोपको पहँुचमा पु¥याउन खोप लगाउने व्यवस्था मिलाउन जरुरी छ ।’
आमनागरिकले अहिले पनि खोपलाई सामान्य ठान्ने गरेकाले यसको आवश्यकता बुझी खोप नलगाएका नागरिकहरूले तुरुन्त खोप लगाउन जरुरी रहेको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए । वडा तथा पालिकाका जनप्रतिनिधिहरूले खोप नलगाएका नागरिकहरूलाई खोप लगाउन उत्प्रेरित गरी खोपको पहुँचमा पु-याउन आवश्यकता रहेको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए । ‘आम नागरिकलाई खोपप्रति अपन्वत्व जगाई जनप्रतिनिधिहरूले घरदैलो अभियान ल्याउन जरुरी छ’, प्रमुख जिल्ला अधिकारी प्याकुरेलले भने, ‘योसँगै परीक्षणको दायरा बढाउँदै आमनागरिकको स्वास्थ्य सुरक्षामा जनप्रतिनिधिहरूले चासो दिनुपर्छ ।’ भारत तथा बाहिरी मुुलुकबाट आउने व्यक्तिलाई अनिवार्य रुपमा ५ देखि ७ दिनसम्म होम क्वारेन्टीमा बस्ने वातावरण मिलाउन स्थानीय तहहरूले व्यवस्था गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी प्याकुरेलले वताए ।
उता जिल्ला प्रहरी कार्यालय दैलेखले पनि कोरोना संक्रमणबाट वच्न विभिन्न सचेतनामूलक कार्यक्रमहरू गर्दै आएको छ । वजारमा हिँड्डुल गर्दा होस् वा घरबाहिर निस्कँदा होस् मास्कको अनिर्वाय प्रयोग गर्न आग्रह गरेको छ । बजारमा प्रचार–प्रचार तथा सवारी चालकहरूलाई पनि प्यासेन्जरहरूलाई अनिर्वाय मास्क लगाउन अग्रह गर्न सुझाव दिएको दैलेख प्रहरी प्रमुख डिएसपी भुवनेश्वरप्रसाद शाहले वताए । सम्र्पूण सवारी साधनहरू चेकजाँच गरी स्वास्थ्यका मापदण्ड अपनाएर सवारी चलाउन ट्राफिक प्रहरीले निगरानी गरेको प्रहरी प्रमुख डीएसपी साहले बताए ।

प्रतिक्रिया दिनुहोस्