यातायातमा बागमती मुलुककै नमुना बन्छ : यातायात मन्त्री दाहाल «

यातायातमा बागमती मुलुककै नमुना बन्छ : यातायात मन्त्री दाहाल

चितवन – बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री माननीय घनश्याम दाहाल यातायातसम्बन्धी सबै कामलाई प्रभावकारी, सुलभ र जनमैत्री बनाउन निर्देशन दिएका छन् ।
‘यातायातसम्बन्धी कामलाई प्रभावकारी, सुलभ र जनमैत्री बनाउनु उहाँले भन्नुभयो, जनताले दुःख पाए हामी आएको काम हुँदैन ।’
बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्रालयअन्तर्गत रहेका कार्यालयहरूको अर्धवार्षिक समीक्षा कार्यक्रमको भर्चुअल माध्यमबाट निर्देशन दिँदै मन्त्री दाहाले यातायात सेवा मा वागमतीलाई मुलुककै नमुना बनाउने आफ्नो मुख्य कार्यभार रहेको स्पष्ट पारे ।
उनले एक काम भएको भन्दै जनताले अनुभूति गर्ने गरी काम गर्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिए ।
‘यातायात कार्यालयहरूमा बिचौलियाको बिगबिगी बढेको जनगुनासो छ, उहाँले भन्नुभयो अब त्यसलाई समाधान गर्दै तपाईहरूले जनमैत्री र सुशासन कायम गरि सेवा दिनुहोस् ।’ बागमतीमा भर्खर मात्रै श्रम रोजगार तथा यातायात मन्त्रीका रुपमा आउनु भएका दाहालले कारोना कहर बढेको भन्दै आम सेवाग्राहीहरूको सहजता र आफ्नै सुरक्षाका लागि पनि यातायातका सेवा अनलाइन माध्यमबाट सञ्चालन गर्न थप निर्देशन दिए ।
‘म कुनै पनि गुनासो सुन्न चाहान्न उहाँले भन्नुभयो, अब जनताले अनुभूति हुने गरि काम अगाडि नबढाए कारबाही गर्नसमेत मपछि नहट्नेछैन् ।’
मन्त्री दाहालले कार्यालयहरूमा सेवाग्राहीको चाप कम गर्न बिलबुक नबिकरणलाई अनलाइन माध्यमबाट सञ्चालन गर्नुपर्ने भन्दै उक्त कार्यका लागि मन्त्रालयले आवश्यक समन्वय गर्न तयार रहेको भनाइ राखे ।
यसैगरी उनले सवारी चालक अनुमतिपत्र (लाइसेन्स), ब्लुबुकको नवीकरण, ‘रुट परमिट’ लगायतका कामलाई सेवाग्राहीको चाहनाअनुसार सहज बनाउन विशेष जोड दिएका थिए ।
समीक्षा कार्यक्रममा आ.बा २०७८ ०७९ को अर्धवार्षिक समयावधिमा कार्यालयहरूले सम्पादन गरेका कामहरूका साथै आम्दानी र खर्च विवरण र सेवाप्रवाहको यथार्थ विवरण सहित आफ्ना कार्यालयहरूमा काम गर्दा देखापरेका समस्याहरूका विषयमा मातहतका कार्यालय प्रमुखहरूले रिपोर्टिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्