दोलखामा २ दिनमा २ सहकारी चोरी «

दोलखामा २ दिनमा २ सहकारी चोरी

दोलखामा २ दिनमा लगातार २ सहकारीमाचोरी भएका छन् । बिहीबार राति कालिञ्चोक गाउँपालिका–९ थुम्कामा दिपज्योति बचत तथा ऋण सहकारी संस्थामा कार्यालय भित्र छिरेर दराज र घर्राबाट १ लाख २५ हजार चोरी भएको छ । सोही वडाको कालिकामा बिमा पनि राती नै ९ वटा कम्प्युटरको मनिर र सिसि क्यामेरा तोडफोड भएको सहकारीकाअध्यक्षनारायण सेढाइले बताए ।
बुधबार राति नै शैलुङ गाउँपालिका बाघखोर बजारमा रहेको लेकबेंसी कृषि सहकारीमा पनि चोरी भएको छ । सहकारीबाट ८० हजार चोरी भएको छ । चोरी भएका दुवै सहकारीमा भल्ट नभएका कारण चोरी गर्न सजिलो भएको हो ।
बिहीबार रातीचोरी भएको सहकारीकाअध्यक्षनारायण सेढाइ भीमेश्वर नगरपालिकाका सहकारी विभाग प्रमुख हुन् भने व्यवस्थापक कुमार सेढाईं कालिञ्चोक गाउँपालिकाका सहकारी विभाग प्रमुख हुन् । पक्की घरमा चेन गेट र भित्री ढोकासमेत फुटाएर सहकारी चोरी भएको हो ।
जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईंले गाउँ–गाउँमा रहेका सहकारीको दैनिक नगद बैंकसम्म ल्याउन टाढा हुने हुँदा नगद कार्यालयमै रहने गरेकाले चोरहरुको नजरपछि गाउँका सहकारीमा हुने गरेको बताए । सबै सहकारीलाई अनिवार्य रूपमा भल्टको व्यवस्था गर्न र सीसी क्यामेरा र सुरक्षाकर्मीको व्यवस्था गर्न पटक–पटक आह्वान गर्दा पनि केहीले अझैं पनि अटेर गरेको बताए ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक भेषराज रिजालले चोरी भएका दुवै सहकारीको अनुसन्धान भइरहेको बताए । पछिल्लो समय सहकारी चोरी हुनुमा सहकारीहरुले पनि सुरक्षामा र नगद व्यवस्थापनमा ध्यान दिनउनले सुझाव दिए । ५ दिन अघि पनिविगू गाउँपालिका–६ आलम्पूमा एकै दिन १५ वटा घरमा चोरी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्