Logo

बढी शुल्क लिने मेडिकल कलेजमाथि कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अध्ययनरत एमबीबीएस विद्यार्थी बढी शुल्क लिने मेडिकल कलेजमाथि कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको बताए ।
संयुक्त विद्यार्थी संगठनका नेताहरुलाई मन्त्रालयमा बोलाएर चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी शुल्क लिने मेडिकल कलेजका सञ्चालकलाई कारबाही गर्न गृह मन्त्राललाई सिफारिस गरेको बताए ।
‘मन्त्री पद गौणहो, म विद्यार्थीको पक्षमा छु’ मन्त्री पौडेलले भने, ‘विद्यार्थीको पक्षमा उभिँदा पद गए पनि केही फरक पर्दैन ।’
संयुक्त विद्यार्थी संगठनसँगको छलफल चलिरहेकै बेला गृहमन्त्रीलाई फोन गरेर मन्त्री पौडेलले भने, ‘म विद्यार्थीको पक्षमा छु राज्यनिरिह भयो भन्ने छ भोलि नै कदम चाल्नुहोस् ।’
२०७५ माबनेको चिकित्साशिक्षा ऐनले विद्यार्थी ठगी गर्ने कलेजलाई कारबाही गर्ने अधिकार गृह मन्त्रालयलाई दिएको बताउँदै विद्यार्थीले दिएका प्रमाणहरु गृह मन्त्रालयमा पठाइसकेको जानकारी दिए ।
पुस ३० गते शिक्षामन्त्री पौडेलको अध्यक्षमा बसेको बैठकले राष्ट्रिय चिकित्साशिक्षा ऐन २०७५ बमोजिम चिकित्साशिक्षाको स्नातकतहको एमबीबीएस कार्यक्रमका लागि चिकित्साशिक्षा आयोगबाट निर्धारित शुल्कभन्दा बढी लिन नपाइने निर्णय गरेको थियो ।
यस्तै, छात्राबाससम्बन्धी समस्यालाई सम्बन्धित शिक्षण संस्थाले तथा अभिभावक एवं विद्यार्थीबीच आपसी छलफल गरी सहमतिमा निरूपण गर्ने र यसको सहजीकरण विश्वविद्यालयले गर्ने र ऐन कार्यान्वयनका सन्दर्भमा देखिएका असहजता निरूपणका लागि सम्बन्धित निकाय, विज्ञ तथाअन्य सरोकारका पक्षहरूसँग छलफल गरी संशोधनका लागि राय परामर्श उपलब्ध गराउनेलगायतका विषयमा निर्णय भए पनि कार्यान्वयन नभएपछि शिक्षा मन्त्रालयले कारबाहीका लागि गृहलाई सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्