Logo

म्याग्दीमा अग्रपंक्तिमा काम गर्नेलाई ‘बुस्टर’ खोप

अग्रपंक्ति काम गर्नेहरुलाई म्याग्दीमा बुधबारदेखि बुस्टर खोप दिएको छ । कोभिशिल्डको दुबै खोप लगाएर ६ महिना पुगेकाहरुका लागि प्रतिरोधात्मक क्षमता बढाउनका लागि अतिरिक्त खोपको रुपमा बुस्टर डोज खोप लगाउन सुरु गरिएको हो।
बेनी नगरपालिकासहित ६ स्थानीय तहमा अग्रपंक्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जप्रतिनिधि, एम्बुलेन्स चालक, संचारकर्मी तथा पत्रकार, कर्मचारीलाई बुस्टर खोप दिइएको छ । स्वास्थ्य कार्यालयका अनुसार सबै स्थानीय तहमा खोप लगाउन सुरु गरिएको छ । बुधबारदेखि सुरु गरिएको खोप लगाउने अभियानमा म्याग्दीमा कोभिशिल्ड ९ हजार डोज, ५ हजार भेरोसेल र दुई हजार ४ सय जोनसोन खोप आएको कार्यालय प्रमुख एकनारायण लम्सालले जानकारी दिए । म्याग्दीका ६ वटै स्थानीय तहका खोप केन्द्रहरुपमा यसअघि कोभिशिल्डको दुवै डोज लगाएकाहरुका लागि अतिरिक्त खोपको रुपमा बुस्टर डोज लगाउने व्यवस्था पनि रहेको छ ।
कोभिशिल्ड खोप लगाएर ६ महिना पुगेकाहरुका लागि बेनी नगरपालिकाले बुधबार र बिहिबार जिसस सभाहलमा लगाउने व्यवस्था मिलाएको थियो । गण्डकी प्रदेश अन्तरगत बेनी नगरपालिकाले कर्मचारी÷व्यक्तिहरुको विवरण अनिवार्य रुपमा अनलाईनमा पूर्व दर्ता ( प्रि–रजिस्टेसन) गराई उक्त दर्ता नम्वरबाट खोप लगाउने ब्यवस्था मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्