सुन कारोबारमा मूल्य प्रवृत्तिको अर्थ «

सुन कारोबारमा मूल्य प्रवृत्तिको अर्थ

सुन एक धातु हो, जसको ल्याटिन चिह्न एयू हो । यसलाई भन्दा ‘अउरम’ वा छोटकरीमा एयू लेखिन्छ । यो एक रासायनिक तŒव हो । यसको परमाणु संख्या ७९ हो । सुनको विश्वव्यापी रूपमा मान्यताको कारण यो बहुमूल्य धातु हो । यसलाई सुखको गहना र दुःखको खजाना भन्ने भनाइले पनि हाम्रो समुदायमा प्रचलित महŒवलाई टेवा दिन पुगेको छ ।
विगतमा सुन तथा चाँदीजस्ता वस्तुहरूमा परिमाणात्मक बन्देज लगाउँदै आएको देखिन्छ । सुनचाँदीका वस्तुमा आयात परिमाणत्मक किटान गरी आयात गर्न पाउने गरिन्थ्यो । बाह्य बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा नेपालमा दैनिक कारोबार मूल्य तोक्दै आएको देखिन्छ । जनवरी ४, २०२२ मा सुन प्रतिऔंस १ हजार ८ सय ३ डलर आसपास कारोबार भएको थियो ।
२०७८ पुस ६ मा इतिहासमा पहिलो पटक सुनको मूल्य प्रतितोला रु. १२ सयले घटी ९० हजार ८ सय भएको थियो । २०७८ पुस २ मा १ हजारले घटी रु. ९४ हजार भएको थियो । २०७८ मार्ग २९ मा रु. ५ सयले घटेर सुनको भाउ घटेर प्रतितोला रु. ९१ हजार ८ सय भएको थियो । २०७८ मंसिर ९ मा पनि सुनको भाउ घट्यो । २०७८ मंसिर २१ मा सुन प्रतितोला रु. ९२ हजार पुग्यो । भोेलिपल्ट यो भाउ रु. ९२ हजार ३ सय पुग्यो । २०७८ कात्तिक ८ मा दसैंपछि सुन रु. १५ सय रुपैयाँले बढेको थियो । यो बेला सुन प्रतितोला रु. ९२ हजार १ सय थियो ।
२०७७ को तीजमा कोरोना भाइरसका कारण कारोबार नै झन्डै ठप्प भएजस्तो भयो । तैपनि २०७७ साउनको २३ तिर सुनको भाउ रु. १ लाख ३ हजार ५ सय भयो । यो नै यो बेलासम्मकोे उच्च भाउ देखियो । यसपछि फेरि सुनको भाउ घटेर गएको छ ।
सुनलाई सुरक्षित लगानीका रूपमा लिइन्छ । आर्थिक संकट, व्यापार युद्ध र आन्दोलनका कारण सुनको मूल्य वृद्धि भइरहेको बताइन्छ । सुनको मूल्य बढ्नुमा मुख्यतः ६ कारण भएको बताइन्छ । तर, प्रमुख कारणमा चीन र अमेरिकाबीचको व्यापार युद्ध नै थियो र हो भनिन्छ । व्यापार युद्धका कारण अमेरिका आयात हुने थप ३ सय अर्ब अमेरिकी डलरबराबरका चिनियाँ सामानमा १० प्रतिशत कर वृद्धि गर्ने निर्णय गरेको थियो । सन् २०१९ डिसेम्बरपछि त कोरोना भाइरसले सुनको भाउको उतारचढावको ठेगान भएन ।
भदौ १४ मा २०७७÷०७८ को एक वर्षको अवधिमा सुनको भाउमा भारी गिरावट आएको थियो । २०७७ भदौ ७ देखि २०७८ भदौ ७ गतेको तुलनामा सुनको मूल्य ७ हजार ३ सयले घटेको थियो । २०७७ भदौ ७ गते छापावाल सुनको मूल्य ९८ हजार ४ सय पुगेको थियो । तर, २०७८ भदौ ७ गते घटेर रु. ९१ हजार १ सयमा झरेको थियो ।
२०७८ असोज ४ मा मूल्य वृद्धि भएको देखिन्छ । यो बेला सुन प्रतितोला बढेर ९१ हजार ४ सय भएको थियो । २०७८ असोज २८ मा तोलामा २० हजारले घटेको सुनको मूल्य छिटै ५० हजारले पुग्ने अनुमान थियो । तर, असोज २३ मा प्रतितोला ९० हजार ७ सय कायम भएको थियो । २०७८ असोज १७ मा पनि सुनको मूल्यमा सामान्य वृद्धि भई रु. ८९ हजार ८ सय भएको थियो । २०७८ असोज ३१ मा सुन प्रतितोला रु. ८९ हजार ९ सयमा कारोबार भयो ।
अमेरिकाले अत्यधिक चाँदी प्रयोग हुने योजना अगाडि सारेपछि सुन बिक्री गरेर चाँदी खरिद गर्न थाल्दा सुनको मूल्य ओरालो लाग्न थालेको थियो । ग्रिन भ्याली प्रोजेक्ट अगाडि बढाएपछि सुन बिक्री गरेर चाँदी गर्नुपर्दा सुनको मूल्य घट्न पुगेको थियो । अमेरिकाको प्रस्ताव गरेको नीतिले गर्दा सुन बजारमा नै सुनको मूल्य प्रतिऔंस १ हजार ७ सय डलरमाथि पुगेको थियो । नेपालमा पनि त्यसै कारणले सुनको मूल्य घट्न गएको थियो । अमेरिकाले अत्यधिक चाँदी प्रयोग प्रयोग हुने सोलार पावरको अवधारणा ल्याएपछि सुन बिक्री गरेर चाँदी खरिद गर्न पुग्दा सुनको मूल्य घट्दै गएको देखिन्छ । यो बेला नेपाली सुन बजारमा प्रतितोला रु. ८५ हजारमा आइपुग्ने विश्वास गरिएको थियो । यसले गर्दा स्थानीय बजारमा सुनको भाउ अझ घट्न सक्ने अनुमान रहँदै आएको थियो ।
तर २०७८ भदौ ६ मा सुन प्रतितोला रु. ९० हजार ९ सय बस्यो । तर, भदौ ९ मा प्रतितोला रु. ९१ हजार ३ सयमा कारोबार भएको देखिन्छ ।
सुनको भाउ २०७८ साउन मध्यमा घटेको पाइयो । यो बेला सुनको भाउ प्रतितोला रु. ९१ हजार ८ सयमा झरेको थियो । यसपछि फेरि रु. ९२ हजार पुग्यो । साउनको १८ तिर नेपाली बजारमा अघिल्ला दिनभन्दा घट्दै गएको थियो । साउन १४ मा सुनको भाउ प्रतितोला ९२ हजार ९ सय रहेको थियो । २०७८ साउनको अन्तिम सातामा सुनको मूल्य प्रतितोला ८९ हजार रहेको थियो । तर, साउन २६ मा रु. ८९ हजार २ सय कायम हुन आयो ।
२०७८ असार दोस्रो हप्तामा तोलामा साढे १६ हजारले घट्न पुग्न गएको थियो । त्यो बेला अब तोलाको रु. ५० हजार पुग्ने अनुमान गरिएको थियो । यो क्रम साउन सुरु हप्तामा पनि कायम थियो । २०७८ असार मध्यतिर निषेधाज्ञा खुकुलो भएपछि २ सय केजी सुन नेपाल ल्याइयो । त्यसै कारणले सुनको मूल्य घटीबढी हँुदै गयो । निषेधाज्ञा अवधिभर नेपालमा सुनको आयात ठप्प भए पनि निषेधाज्ञा खुकुलो भएपछि वाणिज्य बैंकहरूले २ सय किलो सुन आयात गरेका थिए । २०७८ असार ८ देखि निषेधाज्ञा केही खकुलो बनाएपछि सुन–चाँदी पसल पनि खुला गर्न दिइएको थियो । त्यसपछि नेपाल सुनचाँदी व्यवसायी संघको सिफारिसमा नेपाल बैंकर संघले त्यसबराबरको सुन आयात गर्दै आएको छ ।
यसरी आयात गरिएको सुन व्यवसायीहरूलाई वितरण गर्ने गरिएको छ । काठमाडौं उपत्यकाका लागि १ सय केजी सुन आयात गर्ने गरिएको देखिन्छ । कोरोनाको दोस्रो लहर सुरु भएपछि जिल्ला प्रशासन कार्यालयमार्फत जिल्लाहरूमा निषेधाज्ञा लगाएको बेला २०७८ वैशाख १२ देखि नै सुन आयात ठप्प थियो । तर, २०७८ असारदेखि निषेधाज्ञा खुकुलो भएपछि सुन आयात गर्न सुरु गरिएको थियो । २०७८ असार अन्तिम सातामा एक्कासि सुनको भाउमा कमी आयो । जेठ २१ र असार २२ को बीचमा सुनको मूल्यमा भारी कमी आयो । जेठ १८ देखि असार १८ बीचमा सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले घट्यो । असारको १९ मा छापावाल सुनको मूल्य तोलाको रु. ९१ हजार २ सय ९८ मा कारोबार भयो । असार २०७८ लगतै सुनको भाउ घट्दै गएको देखिन्छ । जेठ महिनाको अन्तिम कारोबार दिन ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ असार १८ सम्म आइपुग्दा १ हजार ९ सय रुपैयाँले गिरावट आयो ।
सन् २०२१ जुनदेखि सुन बिक्री गरेर चाँदी खरिद गर्न लाग्दा सुनको मूल्य ओरालो लाग्दै आएको देखिन्छ । अमेरिकाले अत्यधिक चाँदी प्रयोग हुने योजना अगाडि सार्दा सुन बिक्री गरेर चाँदी खरिद गर्न लाग्दा सुनको मूल्य कम हँुदै गएको देखिन्छ । अमेरिकाले अत्यधिक चाँदी उपयोग हुने ग्रिन भ्यालु प्रोजेक्ट योजनाअगाडि बढाउँदा सुन बिक्री गरेर चाँदी खरिद गर्न पुग्दा सुनको मूल्य घट्न जाँदै गरेको देखिन्छ । अमेरिकाले अत्यधिक चाँदी प्रयोग हुने सोलार पावरको अवधारणा ल्याएपछि सुन बिक्री गरेर चाँदी खरिद गर्न लाग्दा सुनको मूल्य घट्दै आएको देखिन्छ । अमेरिकाले पेस गरेको नीतिका कारण सुनको मूल्य घटेको बताइन्छ । अमेरिकी नीतिले गर्दा विश्व बजारमा सुनको भाउ प्रतिऔंस १ हजार ७ सय डलरभन्दा माथि पुगेको थियो ।

निकासी तथा आयातका सन्दर्भ
नेपालमा कच्चा पदार्थको रूपमा चाँदी अभाव नभए पनि सुन अझै कमी भएको बताइन्छ । सुन राष्ट्र बैंकले आयात गरी बैंकमार्फत १५ किलोबाट बढाई २५ किलोसम्म उद्यमीहरूलाई आपूर्ति गर्ने गरिएको थियो । अन्तर्राष्ट्रिय मेला–प्रदर्शनीमा नेपाली गरगहना प्रदर्शन गरेमा नेपाली गरगहनाको विश्व बजारमा माग बढ्न सक्थ्यो । यस उद्योगका उद्यमीहरू यस्ता वस्तुहरू नेपालबाट निकासी गर्न आतुुर देखिन्छन् ।
यस क्षेत्रको निकासीमा सामान्य ग्राह्यता प्रणालीको सुविधा अधिकतम रूपमा लिन सकिएको छैन । यस क्षेत्रको निकासी अझ नगण्य रहेको छ ।
धातु–चाँदीका गरगहनाको निकासी सन् १९८४¬¬÷८५ मा रु. २.३ मिलियन, १९८६ ÷८७ मा रु. ७.५ मिलियन र २००३÷०४ मा रु. ५६ मिलियन भएको देखिन्छ । त्यस्तै २००८÷०९ मा रु. ३ सय ३७ मिलियन, २००९÷१० मा रु. १ सय ७७ मिलियन, २०१०–११ मा चाँदीका गहना २०१०÷११ रु. ३ सय ८८ मिलियन भएको देखिन्छ । नेपालबाट भएका गरगहनाको निकासी केही विकसित देशले सामान्य ग्राह्यता सुविधामा भन्सार छुट दिने गरेका छन् । यस्तो सुविधा भए पनि नेपालबाट चाँदीका गहना आ.व. सन् २०१०÷११ मा रु. ३८ करोड, २०११÷१२ मा २२ करोड र २०१२÷१३ मा रु. १९ करोड मात्र निकासी भएको देखिन्छ ।
पहिलेको एनटीआईएस रणनीतिमा परेको यो वस्तुको निकासी लक्ष्यमा प्रत्येक वर्ष रु. १ अर्बको अरू एनटीआईएसका वस्तु निकासी लक्ष्य तोकिएको थियो । नेपालबाट निकासी हुने गहनाको एचएस कोड नम्बर ७११३११०० रहेको छ । तर, हालको एनटीआईएस २०७३ मा वस्तुका वार्षिक निकासी परिमाणात्मक र मूल्यगत लक्ष्य छैन ।
आव सन् २०१२–१३ मा चाँदी कच्चा पदार्थका रूपमा एचएस नम्बर ७१०६९१०० अन्तर्गत चाँदी रु. ८ अर्ब र एचएस नम्बर ७१०८१३०० अन्तर्गत सुन कच्चा पदार्थका रूपमा रु. २६–३० अर्बको नेपालमा आयात भएको देखिन्छ । नेपालमा यति धेरै रकमका महँगा धातु आयात गरेकोमा ती वस्तुका अधिकतम मूल्य अभिवृद्धि गरिएकै छ ? त्यसको सोधखोज गरी दुरुपयोग गर्नेलाई कारबाही गर्नेतर्फ लागेमा आयातित कच्चा पदार्थको अधिकतम उपयोग–प्रयोग हुने थियो ।
आव २०७४÷०७५ मा सुनको आयात ह्वात्तै बढ्न थाल्यो । आव २०७३÷०७४ ६ महिनामा मात्रै ७ अर्ब ५६ करोड ४६ लाख रुपैयाँको सुन आयात भएको थियो । २०७३÷०७४ सम्म दैनिक आयात कोटा १५ किलोमात्र थियो । तर, २०७४ फागुनबाट सुन आयात कोटा १५ बाट २० किलो पछि २५ किलो बनाइयो । यद्यपि दसैंताका बढी किलोको कोटा दिइँदै आएको थियो । तर, फेरि कोरोनापछि त कोटा २० भन्दा कम बनाई हाल कोरोनाको दोस्रो लहरमा कोटा २० किलो नै पु¥याएको देखिन्छ । २०७५÷०७६, २०७६÷०७७, २०७७÷०७८ र २०७८÷०७९ मा सुनको आयात २०७५÷०७६ भन्दा कारोनाका कारण कम भएको देखिन्छ ।
निर्यात भएको गहनाको ८० प्रतिशत सुन आयात गर्न पाउने व्यवस्था २०७६ पुसमा भएको थियो । यो सुझाव सरकारी समितिले दिएको थियो । निकासीलाई प्रोत्साहनका लागि विभिन्न सुविधा दिनुपर्ने प्रतिवेदनमा उल्लेख थियो । गरगहना निकासीलाई प्रोत्साहन गर्न सरकारले यस्तो गर्न लागिएको त्यतिबेला भनिएको थियो । यसका लागि सरकारी समिति बनाउने भनिएको थियो, के भयो ? यसअघि कानुनी रूपमा गहना निर्यात नभई हस्तकलाका रूपमा निर्यात हँुदै आएको थियो । व्यवसायीले सुन सोभैm आयात गर्न पाएमा बैंकलाई कमिसन दिन नपर्ने पहिलेदेखि नै भनिआएका थिए । तर, सुन वितरण केन्द्रीकृत रहँदा प्रदेशका व्यवसायीहरूलाई असर पर्ने बताउँदै आएका थिए । साथै, भन्सार कार्यालयमा सुनको लकरको निर्माण गर्न सुझाव दिइएको थियो । नेपालबाट तयारी गहना निकासी हस्तकलाको रूपमा हँुुदै आएको छ । विदेशमा नेपाली गहनाको माग उच्च रहेको छ । यो व्यवस्था कार्यान्वयनमा आएमा व्यवसायीले आपूmले वाणिज्य बैंकबाट किनेको सुन र निर्यातको परिमाण सुरक्षित राख्नुपर्ने हुन्छ । त्यही प्रमाणका आधारमा सुन आयात गर्न निवेदन दिनुपर्ने हुन्छ ।
यस क्षेत्रको वस्तु विकासका लागि आधुनिक तालिम कार्यशाला स्थल, उत्पादन प्रवद्र्धन र अंगीकरण व्यवस्था, शुद्ध धातुको गरगहनामा प्रयोग आदि–आदि छन् । नेपालबाट निकासी हुने गरगहनाको गुणस्तर परीक्षण व्यवस्था छैन । देशभर २२ हजार सुनचाँदी पसल छन् भनिन्छ । नेपालबाट कम तौल र बढी मूल्यका निकासी वस्तु निकासी गर्ने गरेमा नेपालको लागि भौगोलिक कारणले उपयुक्त हुन जान्छ । यो सोच पहिल्यैदेखिको हुनुपथ्र्याे ।
(लेखक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका पूर्वनायब कार्यकारी निर्देशक हुन् ।)

प्रतिक्रिया दिनुहोस्