हिमपातसँगै आन्तरिक पर्यटकमा उत्साह «

हिमपातसँगै आन्तरिक पर्यटकमा उत्साह

नेपाल भूपरिवेष्टित मुलुक हो । समुद्र सतहबाट सवैभन्दा उच्च स्थानमा अवस्थित सर्वोच्च शिखर सगरमाथा अनि सवैभन्दा होचो स्थानमा अवस्थित मुखियापट्टि मुसरहनियाको स्थानलाई मान्न सकिन्छ । अर्थात् यी स्थानहरूमा फरक–फरक हावापानी अनि भूबनोट रहेको छ । मुलुकमा उच्च हिमाली भू–भागदेखि उच्च गर्मी हुने तराईका समथर भूभागसमेत रहेको छ । हुन त नेपालको हावापानी वातानुकूलित नै मान्न सकिन्छ ।
तसर्थ जलवायु परिवर्तनका कारण भने मौसममा समेत प्रभाव पर्दै गइरहेको छ । गर्मीमा अति गर्मी हुने, त्यस्तै जाडोयाममा अति नै जाडो हुने अवस्था सिर्जना भइरहेको छ, जसलाई जलवायुको परिवर्तनले पु¥याएको असर मान्न सकिन्छ ।
बाह्रै महिना हिमपात हुने हिमाली जिल्लाहरूमा बसोबास गर्ने नागरिकको दैनिक जनजीवनमा प्रभावित पार्दै आइरहेको छ । मनाङ, मुस्ताङ, मुगु, हुम्ला, जुम्ला, डोल्पा, सोलेखुम्वुलगायत हिउँ परिरहने जिल्लाहरूमा पर्छन् । यी जिल्लामा हुने भारी हिमपातले जीवनयापनमा सहजता छैन भने उता घरपालुवा तथा जंगली जनावरमा समेत असर तीव्र रूपमा बढ्दै गइरहेको छ । गत मंगलबार बेलुकादेखि सुरु भएको वर्षा देशभरि नै भयो । झन्डै २४ घण्टासम्म निरन्तर भइरहेको वर्षाले जनजीवनमा निकै नराम्रो प्रभाव पा¥यो ।
वर्षासँगसँगै हिमपातले त झनै मानवको जीवनमा निकै असर पारेको थियो । निरन्तर वर्षा अनि पछिको हिमपातले युवापुस्ता अनि केही व्यवसायीहरू भने निकै हर्षित भएका छन् । नेपालको यस्ता पर्यटकीय स्थानहरू छन् जहाँ हिमपातलाई अवसर मानिन्छ । ती ठाउँमा आन्तरिक पर्यटकहरूको निकै घुइँचो लाग्ने गर्छ । पर्यटकीय स्थान नभएका स्थानमा हिउँ प¥यो भने ती स्थानहरू पर्यटकीय गतव्य बन्न सक्छ । उपत्यका आसपासका डाँडाहरूमा हिमपात हुनाले काठमाडौं उपत्यकावासी निकै हर्षित छन्, विशेष गरी युवापुस्ताहरू । हिउँ खेल्न जाने नजिकका गन्तव्यहरूमा भारी मात्रामा हिउँ परेको थियो ।
वर्षापश्चात् काठमाडौं उपत्यकासँगै देशभर जाडो बढेको छ । काठमाडौं उपत्यकाबाट नजिकैको दूरीका स्थानहरूमा निकै बाक्लो मात्रामा हिउँ परेको थियो । जाडोको परवाह नगरी ती स्थानमा जान युवापुस्ताहरू निकै लालायित हँुदै हिउँसँग रमाउन पाउँदा एक–अर्कासँग खुसी साट्दै अंग्रेजी नयाँ वर्षलाई स्वागत गरेका थिए ।
काठमाडौंबाट नजिक अनि छोटो दूरीमा सहज रूपमा पुग्न सकिने चन्द्रागिरी, नगरकोट, फूलचोकी, दामन, लाँकुरी भन्ज्याङ, शिवपुरीजस्ता गन्तव्यमा हिउँ पर्नाले हिउँ खेल्न जानेको निकै भीड लागेको थियो । ती स्थानहरूमा हिमपातसँगै आन्तरिक पर्यटनमा वृद्धि हुँदा स्थानीय होटल व्यवसायीहरूलाई निकै फाइदा पुगेको देखिन्छ । हिमपातले जोडेको व्यापारलाई व्यवसायी उत्साहित नहुने कुरै भएन । उनीहरूका लागि भने यो त मुख्य सिजनजस्तै हो, हिमपात रहुन्जेल अर्थात् हिमपात भइरहँदा व्यवसायीलाई भ्याइनभ्याइ हुन्छ ।
अझ चन्द्रागिरीजस्तो स्थानमा पुग्न त केवलकारको प्रयोग गर्नुपर्ने हुन्छ, त्यहाँसम्म पुग्ने युवापुस्ताको जोस–जाँगर देख्दा आनन्दित लाग्छ । चन्द्रागिरी हिउँ खेल्नका निम्ति एउटा सुरक्षित स्थान हो, जहाँ पारिवारिक रूपमा जान सकिन्छ । हिमपातले चन्द्रागिरीको व्यापार–व्यवसायमा दोब्बर प्रभाव परेको छ । योसँगै अन्य स्थानहरूमा पनि हिउँ खेल्न आउने आन्तरिक पर्यटकले व्यसायमा सकारात्मक प्रभाव पारेको छ । यसबाट आन्तरिक पर्यटन प्रवद्र्धन गर्न पनि टेवा मिल्छ ।
—विनोद पौडेल

प्रतिक्रिया दिनुहोस्