निष्क्रिय रहेका ८६ सय निजी फर्म नवीकरण «

निष्क्रिय रहेका ८६ सय निजी फर्म नवीकरण


दर्ता गरेर लामो समयदेखि निष्कृय रहेका ८ हजार ६ सय ८ निजी फर्म (कम्पनी) नवीकरण भएका छन् । सरकारले चालू आर्थिक वर्षको पुस मसान्तसम्म नवीकरण गर्ने निजी फर्मलाई जरिवाना शुल्क ९५ प्रतिशत छुटको व्यवस्था गरेको थियो ।
सोही सुविधाको उपयोग गर्दै ८ हजार ६ सय ८ निजी फर्म नविकरण भएका हुन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पुस मसान्तसम्म ८ हजार ६ सय ८ निजी फर्म दर्ता भएका छन् । २०६० सालदेखि नवीकरण नभई बसेका फर्म पनि नवीकरण गर्न आएका विभागका प्रवक्ता हरि पंगेनीले जानकारी दिए । फर्म नवीकरण गरेर २ करोड ७८ लाख २७ हजार ५ सय ९५ रुपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए । सरकारले दर्ता भई लामो समयसम्म नवीकरण नभएका निजी फर्मलाई निश्चित समय तोकेर नवीकरण गर्न लाग्ने जरिवाना शुल्कमा ९५ प्रतिशत छुट दिएको थियो ।
प्राइभेट फर्म रजिष्टे«सन ऐन २०१४ बमोजिम दर्ता नभई नवीकरण नगरेका फर्मले पुस मसान्तभित्र नवीकरण गर्दा जरिवाना ५ प्रतिशत मात्र लाग्ने र बाँकी छुट हुने व्यवस्था गरिएको थियो । सो अनुसार तोकिएको समयभित्र प्राइभेट निजी फर्मले लाभ दिएका छन् । पुस मसान्तसम्म ४ सय ४५ नयाँ फर्म दर्ता भएका छन् । यस्तै २ हजार ७ सय ४३ वटा संशोधन, ७ सय ६ वटा प्रतिलिपि, १ हजार ४ सय ५७ वटा फर्म खारेजी भएका विभागले जानकारी दिएको छ । फर्म दर्ता, नवीकरण, संशोधन, प्रतिलिपि र खारेजी बापत ५ करोड २२ लाख २२ लाख ५ हजार ४ सय ४५ राजस्व संकलन गरिएको विभागले जानकारी दिएको छ ।
सरकारले यसअघि नै नवीकरण फेल भएका प्राइभेट फर्महरुलाई पुनः सञ्चालन हुन पाउने व्यवस्था गरेको छ । लामो समयदेखि कानुनी रुपमा फेल भएका फर्मलाई प्राइभेट फर्म रजिस्ट्रेशन नियमावली संशोधन गरेर पुनः सञ्चालन गर्न पाउने व्यवस्था गरिएको हो । सोही अनुसार प्राइभेट फर्म रजिष्टे«शन नियमावली २०३४ संशोधन गरेसँगै आगामी असार २०७८ सम्म नवीकरण छुटेका सबै निजी फर्महरुलाई आवश्यक कागजपत्रसहित नवीकरण गर्ने अवसर दिइएकोमा समय थप गरेर पुस मसान्तसम्म नवीकरणका लागि समय निर्धारण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्