सुदूरपश्चिममा अटो बजार बढ्दै «

सुदूरपश्चिममा अटो बजार बढ्दै

देशभर यातायाताका साना तथा ठूला सवारीसाधनहरुको संख्यामा दिनानुदिन वृद्धि हुँदै गएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीलगायत यस प्रदेशका पहाडी जिल्लाहरुमा समेत ठूला तथा साना सवारीसाधन खपत हुने गरेको छ ।
मध्यम स्तर र उच्च घरानाका व्यक्तिले आफ्नो व्यक्तिगत प्रयोजनका लागि अथवा व्यापारिक प्रयोजनका लागि भएपनि सवारी साधन खरिद गर्ने प्रचलन चलेको छ । विदेशबाट कमाएर ल्याएको पैसाले व्यापारिक प्रयोजनका लागि भएपनि गाडी खरिद गर्ने गरेका छन् । ती सवारी–साधन कमाइको राम्रो स्रोत बनेको छ ।
पछिल्लो समय सवारीसाधन खरिद गर्नेको होडबाजी पनि निकै चलेको छ । वैदेशिक रोजगारमा नगएर व्यापारी प्रयोजनका लागि लिएका गाडीहरुले आम्दानीको राम्रो स्रोत बनेको छ । मुलुकमा दिनानुदिन अत्याधुनिक गाडी भित्रिने क्रम पनि जारी नै रहेको छ ।
ती गाडीहरु सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा रहेका आधारित विक्रेताहरुले भित्र्याउने गरेका छन् । विक्रेताहरुले गाडीहरु बेचबिखनका लागि अफरहरुको व्यवस्था समेत गर्ने गरेका छन् । विक्रेताहरुले दसैँ–तिहार अफर, होली अफर, नयाँ वर्ष अफर लगायका अफरहरुमा सवारीसाधनमा भारी छुटका साथ बिक्री–वितरण गर्ने गरेका छन् ।
ग्रामिण भेगका मानिसहरु व्यापारिक प्रयोजनाका लागि जग्गा जमिन भएकाले घर जग्गालाई बैंकमा राखेर गाडी खरिद गर्ने गरेका छन् । बैंक तथा वित्तीय संघ–संस्थाहरुले सानो पूँजीमा गाडी खरिदका लागि कर्जा दिँदा ग्रामिण भेगका जनताहरुलाई राहत भएको छ । ग्रामिण क्षेत्रका बासिन्दाहरुले गाडी खरिद गरि गाउँमा नै सञ्चालन गर्ने गर्नाले आम्दानीको बनेको छ ।
आधाकारिक बिक्रेताहरुले गाडी छुटसँगै मर्मत गर्ने छुट्टै अफर ल्याएका छन् । विशवभरका गाडी ब्राण्डले ल्याउने अफरका पोष्टहरुमा देखिने होलीमा विशेष छुटको समेतले होली आएको भान पनि भइरहेको छ । के कस्ता अफर छन् त यसपाली होलीमा ? ब्राण्डका कस्ता अफर छन् ? खरिदमा कस्ता अफर ककसले ल्याएका छन् ? एक्सचेन्जमा के छन् ? बुकिङमा के अफर छन् ? नयाँ गाडी खरिदका लागि एक्सेन्जका लागि कम्पनी, ब्राण्ड, आयातकर्ता, विक्रेता र गाडीका आधिकारिक विक्रेताहरुले नाराका साथ योजनाहरु सार्वजनिक गर्ने गरेका छन् ।
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा नेपालमा रहेका आधिकारिक बिक्रेताहरुको शाखा कार्यालय रहेका छन् । धनगढीमा आधारिक विक्रेता रहेका अशोका लेलैण्डको कम्पनी, सिप्रदी, बजाज, हिरो–होण्डा, सोनालिका, यामाहालगायका गाडीलगायतका डिलरहरु समेत रहेको विशेष अटो मोटिभ्सका प्रबन्ध निर्देशक पुष्करराज ओझाले बताए । यी कम्पनीहरुले बस, ट्रक, टेम्पो, ई–रिक्सा, ट्याक्टरहरु बिक्री–वितरण गर्ने गरेका छन् । अझैँ केही डिलरहरु थपिने तयारीमा रहेका छन् ।
यहाँबाट पहाडका विभिन्न जिल्लाहरुमा निर्यात हुने गरेको छ । बढीजसो पहाडी जिल्लाहरुमा सोनालीका ब्राण्डका ट्याक्टरहरु बिक्री हुने गरेको छ । अटो मोटिभ्स मोबाइल्स बिक्रेताका अनुसार सुदूरपश्चिम प्रदेशमा ७ देखि ८ हजारको हाराहारीमा मोटरसाइकल बिक्री हुने गरेको छ । धनगढीमा मात्र करिब डेढ अर्बको मोटरसाइकल बजार छ । प्राय ः धेरै मोटरसाइकल महेन्द्रनगर, धनगढी र पहाडी जिल्लामा गुड्ने गर्छन् ।
पहाडी जिल्लामा बाटो बनेपछि सबैभन्दा पहिला ट्याक्टर नै पुग्ने गरेको छ । धनगढी र कञ्चनपुरमा पनि ट्याक्टरको विक्री ह्वात्तै बढेको छ । प्रदेश सरकार गठन भएलगत्तै गाउँ–गाउँमा बाटो पुग्न थालेपछि सवारी–साधनको संख्यामा वृद्धि पनि तिव्र गतिमा भएको हो ।
धनगढीमा हेभि इक्विपमेण्टका ११ वटा शोरुम छन् । कैलालीको त्रिनगर भन्सारबाट ट्याक्टर र हेभि इक्विपमेण्ट भित्रिने गरेका छन् । विरगञ्जबाट आयात गर्दा ढुवानी लागत बढेकाले कैलाली भन्सारबाट सुरुवात गरिन लागेको व्यापारी राजेश भण्डारीले जानकारी दिए । त्रिनगर भन्सारबाट मासिक १५-१६ वटा हेभि इक्विपमेण्ट भित्रिने गरेको छ । अहिले हेभि इक्विपमेण्टको वार्षिक २ अर्ब बढी रहेको छ ।
सुदूरपश्चिम प्रदेशमा अहिलेजस्तो बजार व्यापक भए यहाँको आर्थिक समृद्धि हुने सम्भावना प्रवल देखिन्छ ।
यातायात व्यवस्था कार्यालय सेतीका अनुसार आव २०७३-०७४ को अन्त्यसम्ममा ७७ हजार ५ सय ३५ साना तथा ठूला गाडीहरु दर्ता भएका छन् । यो संख्या अघिल्लो आवको सोही अवधिको तुलनामा १७ प्रतिशतले बढी हो । सो अवधिमा यातायात व्यवस्था कार्यालयले ११ हजार ३ सय २६ साना तथा ठूला गाडी दर्ता गरेको थियो
आव २०७३-०७४ मा मिनिबस, ट्रक, बस ट्रिपर १ हजार ४ सय २०, क्रेन, डोजर, एस्काभेटर ३ सय २३, कार, भ्यान, जिप, पिकअप ३ हजार ८०, टेम्पो २ सय ६४, मोटसाइकल ५७ हजार ५ सय २९, टेक्टर, पावरटेलर १२ हजार १ सय ७१ र ई–रिक्सा २ हजार ८ सय ४८ साना तथा ठूला यातायात दर्ता रहेको यातायात व्यवस्था कार्यालय सेतीका कार्यालय प्रमुख विसनसिंह थापाले बताए । चालू आव २०७५-०७६ मा निजी सवारी साधन १२ सय २१ दर्ता रहेका छन् ।

कार हुनेले पनि मोटरसाइकल चढ्छन्
राजेश भण्डारी
सञ्चालक, यामाहा शोरुम धनगढी
सुरुसुरुमा १ सय १० सिसी र १ सय २५ सिसि मोटरसाइकल बिक्री हुन्थे । अहिले १ सय ५० सिसीका मोटरसाइकल बिक्री हुने गरेका छन् । यो मोटरसाइकल अधिकांश पहाडी जिल्लाहरुमा निर्यात हुने गरेको छ ।
गाडी चढ्ने व्यक्तिहरु मध्यम, निम्न, उच्च भन्ने हुन्न । सबैले चढ्ने गरेका छन् । मोटरसाइकल अपरिहार्य भएर पनि यो मोटरसाइल बलियो भएका कारण यामाहा बाइक नै लिने गरेका छन् । बिदेशमा बस्ने, कार भएका व्यक्तिले पनि मोटरसाइकल चढ्ने गरेका छन् ।
माइलेजको कुरा गर्नुहुन्छ भने १ सय ५० मा आउने सबै मोटसाइकल भन्दा यसको माइलेज राम्रो छ । जापानीज कम्पनीको हो । यसका अरु सिसीको त्यति राम्रो छैन । अरु कार्बोरेट वाला हुनाले र कार्बोरेटर नहुनाले यो मोटरसाइकल राम्रो छ ।
मोटरसाइकलमा स्किमहरु आउने गरेका छन् । कहिलेकाहीँ १ मोटरसाइकलमा ५-६ हजार छुट्याउने गरेका छौं । दसैँ तिहारको बेलामा भारी छुट दिने पनि गरेका छौं ।

प्रतिक्रिया दिनुहोस्