Logo

नेप्से परिसूचक ३३.०३ अंकले वृद्धि


साताको अन्तिम कारोबारको दिन सेयर बजारमा मापक नेप्से परिसूचकमा वृद्धि भएको छ ।
बुधबार ३८ अंकले गिरावट आएको नेप्से परिसूचकमा बिहीबार ३३ अंकले उकालो लागेको छ । पछिल्लो सातामा दुई लगातार रुपमा नेप्से परिसूचकमा गिरावट आएको थियो । तर, साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक ३३.०३ अंक बढेर २ हजार ९३१.३४ विन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ४.०९ अंक, फ्लोट इण्डेक्स २.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अंक बढेको छ ।
यस दिन कारोबारमा आएका २२९ कम्पनी १ करोड ५९ लाख ८९ हजार कित्ता सेयर ५ अर्ब ७७ करोड ३१ लाख २० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । जसमा आज १७९ कम्पनीको सेयरमूल्य बढेको छ ।
कारोबारमा आएका १३ उपसमूहको परिसूचकमध्ये २ उपसमूहको परिसूचक घटेको छ भने बाँकी ११ उपसमूहको परिसूचक बढेको छ । जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा बढी ३.३६ प्रतिशत बढेको छ । त्यस्तै, वित्त उपसमूहको परिसूचक ३.०४ प्रतिशत ,जलविद्युत, लगानी, जीवन बिमा र निर्जीवन बिमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । तर, बैंकिङ र म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ ।
यसदिनको कारोबारमा तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा मैलुङ खोला जलविद्युत कम्पनी, तेह«थुम पावर कम्पनी र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको हो । त्यसैगरी, न्यादी हाइड्रोपावरको सेयरमूल्य करिब ९ प्रतिशत र गुराँस लाइफ इन्स्योरेन्सको सेयरमूल्य करिब ८ प्रतिशत बढेको छ ।
बिहीबार कारोबार रकमका आधारमा २२ करोड २० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार गरेर आईएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । अपि पावरको १८ करोड भन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्