Logo

आयल निगमको निमित्त कार्यकारी निर्देशकमा भट्टराई


उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सुशिल भट्टराईलाई दिएको छ ।
निगमका नायव कार्यकारी निर्देशक भट्टराईलाई मन्त्रालयले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो । हालै निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले कार्यकाल पूरा गरेर बिदा भएपछि नेतृत्वविहिन बनेको निगमको नयाँ कार्यकारी निर्देशन नियुक्त भएर नआउँदासम्मका लागि भट्टराईलाई निमित्तको जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले रिक्त कार्यकारी निर्देशक पदका लागि विज्ञापन आह्वान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्