Logo

खोपका लागि उत्प्रेरित गर्न कार्ड अनिवार्य : प्रशासन

कोभिड–१९ विरुद्धको खोप लगाउन उत्प्रेरित गर्नका लागि माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले खोप प्राप्त गरिसकेका व्यक्तिको अभिलेख राख्न र नलगाएकालाई अभिप्रेरित गर्न सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य गरिएको बताएका हुन् ।
कोभिड – १९ महामारी नियन्त्रणका लागि सार्वजनिक स्थलमा खोप कार्डको अनिवार्यताले महत्वपूर्ण भूमिका खेल्ने उनकोे भनाइ छ । सरकारले गरेको निर्णय र जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशको पालना नगरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही हुने पनि उनको भनाइ छ । उनले भीडभाडजन्य गतिविधि नगर्न र नगराउन पनि सबैलाई आग्रह गरेका थिए । अत्यावश्यक काममा जानु परेमा जनस्वास्थ्यको मापदण्डलाई पूर्ण रुपमा पालना गर्न उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्